|

काठमाडौं :  विश्व सम्पदा सूचीमा रहेको हनुमानढोकादेखि स्वयम्भूसम्मको पदमार्ग जोडने गुरुयोजना सार्वजनिक गरिएको छ। बिहीबार विश्व सम्पदा दिवसको अवसर पारेर काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले हनुमानढोकामा एक कार्यक्रमकाबीच सो गुरु योजना सार्वजनिक गरेका हुन्।

'सांस्कृतिक सहर, काठमाडौं महानगरको अभियान भन्ने' अभियानका साथ कारिब दुई किलोमिटर दुरीमा रहेका दुई विश्व सम्पदा क्षेत्र स्वयम्भू र हनुमानढोका दरबार क्षेत्रको सम्पदा मार्ग विश्व सम्पदा दिवसरको अवसर पारेर उद्घाटन गरिएको छ।

काठमाडौं महानगरपालिकाको लगानीमा निर्माण गरिएको गुरुयोजनामा दुई विश्व सम्पदाहरुको बीचमा २ दशमलव २ किलो मिटर पैदल यात्रा निर्माण गर्ने योजना तय गरिएको छ। कार्यक्रममा बोल्दै  महानगरका मेयर शाक्यले स्थानीय सम्पदाहरुको संरक्षण गर्ने र त्यसलाई पर्यटनसँग जोडेर समृद्धिको अभियानलाई तीव्रता दिन सो गुरुयोजना तय गरिएको बताए। उनले काठमाडौं महानगरपालिकाको सम्पदाहरुको पुनर्निर्माणमा सहयोग गर्न पनि सबैलाई आह्वान समेत गरेका छन्।

मेयर शाक्यले काठमाडौंका सम्पदाहरुको संरक्षणमा स्थानीय संघ, संस्थाहरु जुटे त्यसमा ८५ प्रतिशत लगानी गर्न काठमाडौं महानगरपालिका तयार रहेको समेत जानाकारी दिए।

२.२ किलोमिटर दुरीभित्र काठमाडौं महानगरपालिकाको २० वटा सम्पदाको अवलोकन गर्न सकिनेछ। सम्पदा पदयात्राले उक्त क्षेत्रभित्र रहेका स्थानीय सांस्कृतिक सम्पदाहरुको प्रवद्बन गर्ने,पदयात्राले बाह्य तथा आन्तरिक पर्यटकलाई आकर्षित गर्न सक्ने शाक्यको भनाइ छ। यस पदयात्राले २०२० को पर्यटन् वर्षलाई टेवा पुग्ने शाक्यले दाबी गरे।

मेयर शाक्यले भने 'सम्पदा मार्ग महानगरको गौरवको आयोजना हो। महानगरले तीन वटा महत्त्वपूर्ण काम गरेको छ।' सो योजनाको लागि काठमाडौं महानगरपालिकाले ८५ प्रतिशत लगानी गर्नेछ,स्थानीयको १५ प्रतिशत लगानीमा सम्पदा निर्माणमा खर्च गरिने बताइएको छ।

सम्पदा मार्गले विश्वमा आठौं आश्चर्य थपिने  महानगरले बताएको छ।सम्पदा मार्गमा रहेका घरहरु पुरानो शैलीमा निर्माण गरिने  समेत बताइएको छ। जसको लागि घरको मोहडाहरु पुरानो शैलीमा बनाउनुपर्नेछ।

सम्पदा अवलोकन गर्न जान समिलो होस् भनेर काठमाडौ महानगरपालिकाको सम्पदा  एप्स समेत बताएको छ।सो गुरु योजना सम्पन्न भए पछि  दुई विश्वसम्पदा भित्र रहेका अन्य स्थानीय सम्पदाहरुको पनि संरक्षण र विकास गरी पर्यटन क्षेत्रको विकास हुने विश्वास गरिएको छ। विश्व सम्पदा हनुमानढोकादेखि अर्को विश्व सम्पदा स्वयम्भूको बीचमा २० वटा भन्दा बढि ऐतिहासिक तथा धार्मिक सम्पदाहरु रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.