|

काठमाडौं : खानेपानी मन्त्री बिना मगरले काठमाडौं उपत्यकामा खानेपानीको समस्या हल गर्न योजनाबद्ध ढंगले लागिरहेको प्रतिक्रिया दिएकीछन्। बिहीबार काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको वार्षिकोत्सव समारोहलाई उद्घाटन गर्दै खानेपानी मन्त्री मगरले उपत्यकामा खानेपानीको आपूर्ति व्यवस्था सहज बनाउन गम्भीर भएर लागेको बताइन्।

उनले मेलम्चीको समस्या पनि धेरै दिन नरहेने दाबी गरेकी छन्।  'मेलम्चीको समस्या धेरै दिन रहँदैन। काठमाडौंमा मेलम्चीको पानी ल्याउने मात्रै ठूलो कुरा होइन। यसको वितरण र व्यवस्थापन गर्नुपर्ने सबैभन्दा ठूलो चुनौति छ, यसका लागि मन्त्रालय अन्तर्गतको बोर्ड, केयुकेएल र आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) लगायतका निकायहरु लागिरहेका छन्।’

जनताको अपेक्षा धेरै भएकाले सबै जनतालाई प्रशोधन सहित खानेपानीको पहुँच पु-याउन मन्त्रालय योजनाबद्ध ढंगले अघि बढिरहेको उनले बताइन्। भ्याली बोर्डले गरेको काम प्रति प्रशंसा गर्दै मन्त्री मगरले बोर्डलाई अझ सशक्त ढंगले अघि बढ्न निर्देशन समेत दिए।

खानेपानी मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले सन् २०३० सम्ममा प्रशोधन सहितको उच्च र मध्यमस्तरको खानेपानीको सेवा ९० प्रतिशत पु-याउन सरकार लागिरहेको बताए। 'दीगो विकासका लक्ष्यहरु पुरा गर्नुपर्ने दायित्व हामीसँग छ। ९० प्रतिशत जनतालाई प्रशोधन सहित खानेपानीको पहुँच पु-याउन खर्बौं रुपैयाँ लगानी गर्नुपर्ने आवश्यकता छ। हामी योजना बनाएर अघि बढिरहेका छौं।’ शर्माले भनिन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.