|
फाइल फाेटाे

काठमाडौं : सरकारले नागढुंगामा अस्थायी पशु क्वारेन्टाइन चेकपोष्ट स्थापना गर्ने भएको छ। बिहीबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले क्वारेन्टाइन स्थापना गर्ने निर्णय गरिएको बताए। 

क्वारेनटाइनमा संघमा समायोजन भएका कर्मचारीले काम गर्ने जनाइएको छ। त्यस्तै, रसुवा जिल्लाको रसुवागढीमा पनि क्वारेनटाइन स्थापना गर्ने निर्णय गरिएको बाँस्कोटाले बताए। मन्त्रिपरिषद् बैठकले ट्राफिक प्रहरीको प्रोत्साहन भत्ता व्यवस्थापन निर्देशिका स्वीकृति गरेको छ। त्यस्तै, सगरमाथा संवाद कार्यक्रम संचालन गर्ने निर्णय पनि सरकारले लिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.