|

पोर्चुगलको मडेइरामा भएको बस दुर्घटनामा २९ जर्मन पर्यटकको मृत्यु भएको छ। टेलिभिजनहरूले सडकको छेउमा बस पल्टिएका दृश्यहरु देखाएका छन्। जर्मन सरकारका प्रवक्ताले मडेइरामा दुर्घटना भएको खवर आएको ट्वीट गरेका छन्।

उनले घटनामा परी मृत्यु भएकाहरूको आत्माको चिरशान्तिको कामना गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। मृत्यु भएकामध्ये १७ जना महिला र ११ जना पुरुष रहेका अधिकारीहरुले जानकारी दिएका छन् ।  घटनामा परी अरु २१ जना घाइते भएका छन् भने केही घाइतेको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने आशंका गरिएको छ ।

घटनाप्रति पोर्चुगलका राष्ट्रपति र प्रधानमन्त्रीले पनि दुःख व्यक्त गरेका छन्। राष्ट्रपति मार्सेलो रोबेलो डी सौसाले पोर्चुगाली टेलिभिजनमा बोल्दै घटनाका पीडितहरुको साथमा आफू रहेको बताए। उनले आफू घटनास्थलमा पनि पुग्ने जानकारी दिए  त्यसैगरी प्रधानमन्त्री एन्टोनियो कोस्टाले ट्वीट गर्दै जर्मन चान्सलर एङ्गेला मर्केलप्रति सहानुभूति व्यक्त गरिन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.