|

पाकिस्तानमा गुडिरहेको बसका १४ जना यात्रुको गोली हानी हत्या गरिएको छ। बलूचिस्तान प्रान्तको ओरमारास्थित मकरान कोस्टल हाईवेमा हतियारधारीले ५-६ वटा बसका यात्रुलाई ओरालेर गोली हानेको डाउन न्यूजले उल्लेख गरेको छ।

उक्त घटनामा दुई जनाले भने भागेर ज्यान जोगाएका छन्। अहिलेसम्म आक्रमणको जिम्मा भने कसैले लिएको छैन र प्रहरीले पनि आक्रमणकारीलाई पक्राउ गर्न सकेको छैन। बलुचिस्तानका प्रहरी अधिकारी मोह्सीन हसन बटले १५-२० जना अपरिचित सशस्त्र हतियाधारीले आक्रमण गरेको बताए। कराँचीबाट ग्वादर गइरहेका यात्रुमाथि आक्रमण भएको हो।

बलूचिस्तानको मस्तुङ क्षेत्रमा सन् २०१५ मा यस्तै खालको आक्रमण भएको थियो। कराँची गइरहेको बसबाट २४ जना यात्रुलाई ओरालेर १९ जनाको गोली हानी हत्या गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.