|

काठमाडौं :  सरकारले लगानी सम्मेलनमा भएका समझदारीलाई तत्काल अघि बढाउन उच्चस्तरीय अनुगमन समिति बनाएको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा बसेको लगानी बोर्ड बैठकले ‘नेपाल लगानी सम्मेलन २०१९’ मा भएका लगानी सम्बन्धि समझदारीलाई अघि बढाउन उच्च स्तरीय समिति बनाउने निर्णय गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले सो लगानी सम्मेलन सफल भएको निष्कर्ष निकाल्दै त्यसलाई सफल बनाउन प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिवको नेतृत्वको ५ सदस्यीय उच्च स्तरीय अनुगमन समिति बनाएको बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिए। 

बोर्ड बैठकमा प्रधानमन्त्री ओलीले लगानी सम्मेलनमा आएको प्रतिवद्धता अनुकूल हुने गरी आवश्यक नीतिगत तथा कानुनी सुधारको काममा ढिलाई नगर्न पनि सम्बन्धित निकायलाई निर्देशन दिए।  गत चैत्र १५ र १६ गते लगानी सम्मेलन आयोजना गरिएको थियो । सोही सम्मेलनमा आएका प्रतिवद्धतालाई छिटो कार्यान्वयनमा लैजान प्रधानमन्त्री ओलीले मातहतका निकायलाई निर्देशन दिनु भएको पनि बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारीले बताए।

आगामी भदौं भित्र अन्तराष्ट्रिय सभा/सम्मेलन गर्नका लागि भवन निर्माण गर्ने निर्णय पनि गरिएको छ। त्यसैगरी बोर्डको ३८ करोड बजेट तथा कार्यक्रम पनि पारित गरिएको प्रमुख कार्यकारी अधिकृत अधिकारीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.