|

भक्तपुरः भक्तपुरमा नौ दिन आठ रात मनाइने ऐतिहासिक तथा सांस्कृतिक महत्वको बिस्का जात्रा बिहीबार सम्पन्न हुने भएको छ।

आज साँझ टौमढीबाट भद्रकाली रथ तानेर घट्खा पुर्‍याई गःहिटिबाट भैरबनाथको रथ तानातान गरी थने (माथिल्लो टोल) साकोठा, सुकुलढोका, गोलमढी, इनाचो, तचपालसम्म र कोने (तल्लो टोल) बुलुचा, नासमना, बंशगोपा, तेखापुखुसम्म लगेर पुनःटौमढी पाँचतल्ले मन्दिरको प्रांगणमा पुर्‍याएर जात्रा सम्पन्न गरिन्छ। त्यसैगरी बिहीबार विहान स्थानीय तालाक्वको स्थित कुमाले टोलमा पुरानो वर्षको बिदाइ र नयाँ वर्षको आगमनको अघिल्लो दिन बिहान उठाएको ज्याठा गणेशको प्रतीक हात नभएको लिंगाे विधिपूर्वक पूजाआजा गरी ढालिएको छ।

हात नभएको लिंगाेलाई छैठौं दिनमा मात्र ढाल्ने परम्परा छ।  सो लिंगाे नढाले साँझ जात्रा सम्पन्न गर्न भद्रकाली र भैरवनाथको रथ तान्न नहुने परम्परा रहेको छ।  

                                                                         

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.