|

पर्सा : धुर्मुस-सुन्तली फाउण्डेशनले बारा र पर्सामा चक्रपातबाट पीडित ८ सय बालबालिकालाई झोलासहित स्टेशनरी सामग्री वितरण गरेको छ। फाउण्डेशनको तर्फबाट अध्यक्ष सीताराम कट्टेल धुर्मुसले देश विदेशमा हुने दाताहरूले दिएको ९ लाखभन्दा बढी रकमको राहत सामग्री बारा र पर्सामा पुगी जिल्ला प्रशासन कार्यालयको सहकार्यमा वितरण गरेका हुन्।

पर्सामा भने जिल्लाको सुदूरपश्चिममा रहेको ठोरी गाउँपालिकाको टोर्नाडो चक्रपात प्रभावित क्षेत्रमा नै पुगी धुर्मुसले २०० पीडित बालबालिकालाई स्टेशनरी सहितको राहत सामग्री वितरण गरे। वीरगन्ज महानगर, बहुदरमाई नगरपालिकालगायत जिल्लाका अरू क्षेत्रका प्रभावितमध्ये २०० का लागि भने जिल्ला प्रशासन कार्यालय पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मालाई सामग्री प्रदान गरेका छन्।

नेपालमा पहिलोपटक आएको टोर्नाडो चक्रपातबाट प्रभावित क्षेत्रमा घटनाको भोलीपल्ट नै पुगी उद्दार र राहतमा जुटेका थियौँ। सो समयमा विद्यार्थी भर्ना अभियान संचालन हुने समयमा चक्रपातबाट सबैभन्दा प्रभावित बालबालिकाहरुलाई लक्षित गरी स्कुल व्याग तथा स्टेशनरीसहित सहयोग गरिएको उनको भनाइ छ।

सबै एकै संस्था र व्यक्तिबाट सम्भव नहुन सक्छ। तर, ४०० लाई भए पनि राहत होस् भनी फाउण्डेशनले देश विदेशमा हुने सहयोगी मनहरूको सहयोगलाई पीडित बालबालिकासम्म पुर्‍याउने पुलको मात्र काम गरेको सामाजिक अभियन्ता तथा कलाकार धुर्मुसले बताए। दुवै जिल्लामा गरी कुल ९ लाख जतिको सामग्री वितरण गरिएको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.