|

सिन्धुपाल्चोक : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' सिन्धुपाल्चोकको सुकुटेमा आएका छन्। अध्यक्ष प्रचण्ड आरामको लागि सुकुटे आएको नेकपाका केन्द्रीय सदस्य माधव सापकोटा सुवोधले जानकारी दिए।

नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको समूहले आह्वान गरेको नेपाल बन्दलाई नियाल्दै प्रचण्ड सिन्धुपाल्चोक सुकुटे पुगेका हुन्। बिहीबारको रात सुकुटेबीच रिसोर्टमा बस्ने कार्यक्रम तय भएको उनी निकट स्रोतले जानकारी दिएको छ। विप्लव समूहले गरेकाे बन्दको अवज्ञा गर्दै उनी यहाँ आइपुगेका हुन्।

प्रचण्डसँगै पत्नी सीता दाहाल, सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सांसद तथा पूर्वसूचना तथा सञ्चारमन्त्री अग्निप्रसाद सापकोटा पनि सुकुटे पुगेका हुन्। पारिवारिक आरामको लागि पुगेका प्रचण्ड बिहीबार सुकुटे नै बसेका छन्। प्रचण्ड आरामको लागि धेरै पटक सुकुटे आएका छन्।

पर्यटकीय दृष्टिकोणले गन्तव्यको रूपमा मानिएको सुकुटे र्‍याफ्टिङको लागि प्रख्यात छ। प्रचण्डले पनि सुकुटेमा र्‍याफ्टिङ गरेरका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.