|

काठमाडौं : बर्दियास्थित पिण्डेश्वर शिव–लक्ष्मी धाममा पाँच दिने पिण्डेश्वर पाँचौ शिव साधना आयोजना हुने भएको छ।

बर्दियाको मधुवन नगरपालिका ३ कोठियाघाटको ओमकारेश्वर शिव पञ्चायन मन्दिर परिसरमा साधना आयोजना हुने धामकी अध्यक्ष ज्ञानुमाया रिजालले जानकारी दिइन्। साधना वैशाख १६ गते देखि २० गतेसम्म पाँच दिन चल्नेछ। 

मदन बाबाको सानिध्यतामा आयोजना हुने यस शिविरमा भक्ति, भजन, संगीत, ध्यान, जप, आराधना, सत्संग र उद्धारलगायत कार्यक्रम रहेको आयोजकले जनाएको छ।

साधनामा नेपाल, भारत र गैरआवासीय नेपाली गरी करिब तीन हजारको संख्यामा भक्तजन तथा अनुयायीहरुको सहभागिता गराउनेगरी आवास र खानपानको तयारी थालेको अध्यक्ष रिजालले जानकारी दिइन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.