|

काठमाडौं : सरकारले आज देशभरका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउँदै छ। आज र भोलि गरी दुई दिनसम्म सञ्चालन हुने राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्र्तगत ७७ वटै जिल्लाका ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइँदै छ।

साथै शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रम लागू भएका जिल्लाका ५ वर्षमुनिका बालबालिकालाई पोषणस्थिति लेखाजोखा र ६ महिनादेखि २३ महिनासम्मका बालबालिकालाई सूक्ष्म पोषणतत्व बालभिटा वितरण गर्ने कार्यक्रम रहेको छ।

यी कार्यक्रमका लागि सबै स्थानीय तहबाट सहयोग समन्वय र प्रचारप्रसारमा सहजीकरण गरी अभियान सफलतापूर्वक संचालन गर्न सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई निर्देशन दिएको छ। यसअघि जिल्ला स्वास्थ्य र जिल्ला जनस्वास्थ्य कार्यालयले आफ्ना जिल्लामा कार्यक्रम संचालन गर्दै आएका थिए। संघीयतापछि देशभरका ७ सय ५३ वटै स्थानीय तहमा भिटामिन ए र जुकाको औषधि खुवाउने जिम्मेवारी स्थानीय तहले पाएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.