|

काठमाडौं : उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले देश संघीय गणतन्त्रमा प्रवेश गरे पनि शासनशैली नबदलिएको संकेत गरेका छन्। ‘हामी सबै आफ्ना ठाउँबाट राजा बन्न खोज्छौँ, देश संघीय गणतन्त्रमा गइसक्यो हामी राजा जस्तै नै गर्छौ’ पश्‍मिना उद्योग संघका कार्यक्रममा शुक्रबार मन्त्री यादवले भने ‘सके राजा बन्ने नसके राजाको छेउमा बस्नै हाम्रो शैली भयो, यसरी हुँदैन।’

मन्त्री यादवले सरकार र निजी क्षेत्र बीच एक अर्कामा विश्‍वास पलाउन नसकेको भन्दै विश्‍वास सिर्जना गरेर अघि बढ्नु पर्ने बताए। ‘हामी एक अर्काका पार्टनर भन्छौँ, तर एकले अर्कालाई विश्वास गर्दैनौ’ मन्त्री यादवले भने ‘विश्‍वास नगरी पार्टनरसीप कसरी अघि बढ्छ, एकले अर्कोलाई विश्‍वास गरेर अघि बढौँ।’

मन्त्री यादवले यसअघिको उद्योग मन्त्रालय जस्तै गरी पार्टनरसिप नखोज्न उद्योगी व्यवसायीलाई आग्रह गरेका छन्। ‘पहिलेको जस्तो वातावरण खोज्न पहिलेको पार्टनरसिप चाहिएला, पहिले बाडीचुडी खाऊँ मिलेर चलाउ भन्ने संस्कार थियो, म यो मन्त्रालयमा बसुन्जेल त्यस्तो पार्टनरसिप हुन सक्दैन’ यादवले भने।

सामाजिक सुरक्षा योजना कार्यान्वयन गरेर अघि बढ्नको लागि मन्त्री यादवले उद्योगी व्यवसायीलाई आग्रह गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.