|
File Photo

पर्सा : पर्सा प्रहरीले जलाउन लाँदै गरेको शंकास्पद अवस्थाको महिलाको शव नियन्त्रणमा लिएको छ। वीरगन्ज महानगरपालिका-२३ प्रसौनीका पन्नालाल दासकी श्रीमती अन्दाजी २८ वर्षीया अन्जुदेवी तत्वाको शवलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको हो।

शवलाई पर्साको सिर्सिया खोलाको गैयाघाट तर्फ जलाउन लैजादै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले बताए। 'शवलाई मृतकका घर परिवारका सदस्यले एम्बुलेन्समा हालेर जलाउन भारततर्फ लान खोजे तर एम्बुलेन्स चालक नमानेपछि पर्साकै गैयाघाट तर्फ लगिरहेको भन्ने विशेष सूचनाको आधारमा महिलाको शंकास्पद शवलाई नियन्त्रणमा लिइएको हो' उनले भने 'शवलाई अहिले पोष्ट मार्टमका लागि वीरगन्जको नारायणी अस्पताल पठाइँदै छ।'

प्रहरी घटनास्थलमा पुगेपछि मृतकका श्रीमान् पन्नालाल दाससहित उनका आफन्त भने भागेका छन्। शव नियन्त्रण लिएर पोष्टमार्टमका लागि पठाउने काम भइरहेको उनले बताए। तत्काल कसैलाई नियन्त्रणमा नलिएको पनि उनको भनाइ छ।

'बाटोमा भेटिएका मानिसहरूलाई सामान्य सोधपुछ मात्र हुँदैछ'  पर्साका प्रहरी प्रवक्तासमेत रहेका शर्माले भने, 'कसैलाई पनि प्रहरीले नियन्त्रणमा लिइसकेको छैन।'

प्रहरीले नियन्त्रणमा लिएको शवलाई नारायणी अस्पतालतर्फ पठाउने काम भइरहेको छ। पोस्टमार्टमको रिपोर्टपछि आवश्यक अनुसन्धानमा लाग्ने पर्सा प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.