|

बाँके : आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तरगत प्रदेश-५ लगायत देशका विभिन्न स्थानमा जारी खेल पदक तालिकामा विभागिय टिम त्रिभुवन आर्मी क्लबले सर्वाधिक पदक जितेको छ। आर्मीले हालसम्म ३४ स्वर्ण, २७ रजत र २४ कास्य पदकसहित कुल ८५ पदक हात पारेको छ।

यस्तै, नेपाल पुलिस क्लबले १९ स्वर्ण, १७ रजत र १७ कास्य पदकसहित कुल ५३ पदक जितेको छ। सशस्त्र प्रहरीको एपिएफ क्लबले १५ स्वर्ण, १२ रजत र २३ कास्यसहित कुल ५० पदक जितेर तेस्रो स्थानमा रहेको छ।

प्रदेश ३ ले ७ स्वर्ण, १३ रजत र ३२ कास्य पदक गरी ५२ पदक हात पारेको छ। सुदूरपश्चिम प्रदेशले ६ स्वर्ण, ६ रजत र ११ कास्यसहित २२ पदक जित्दा प्रदेश २ ले ६ स्वर्ण, ६ रजत र ५ कास्यसहित १७ पदक हात पारेको छ।

प्रदेश ५ ले ४ स्वर्ण, ८ रजत र २१ कास्यसहित ३३ पदक जितेको छ भने, प्रदेश १ ले ३ स्वर्ण, ५ रजत र २५ कास्यसहित ३३ र कर्णाली प्रदेशले २ स्वर्ण, १ रजत र २ कास्यसहित ५ पदक जितेको छ।

प्रतियोगिता बिहीबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक रूपम उद्घाटन गरिरहँदा कुल ३५ खेलमध्ये १४ खेलको राष्ट्रिय प्रतियोगिता सम्पन्न भइसकेको छ। बिहीबारसम्म १०३ स्वर्णसहित कुल ३८४ स्वर्ण पदकको टुंगो लागिसकेको छ।

चैत २७ बाट नै सुरु भएको आठौँ राष्ट्रिय प्रतियोगितामा पहिलो पटक प्याराग्लाइडिङ खेल समावेश गरिएको छ भने, एनआरएनए टिम पनि पहिलो पटक सहभागी भएको छ। प्रतियोगितामा दुई हजार ८ सय २५ पुरुष तथा दुई हजार तीन सय ८६ महिला गरि जम्मा पाँच हजार दुई सय ११ खेलाडी सहभागी हुँदैछन्। ३७२ स्वर्ण, त्यत्ति नै रजत र ५६३ कास्यका लागि खेल हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.