|

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाल सरकारसमक्ष प्रस्तुत हिन्दुराष्ट्र पुनर्स्थापनालगायत २२ बुँदे माग पूरा गराउन जारी जनसंघर्ष कार्यक्रमअन्तर्गत जनप्रदर्शन गरेको छ। राप्रपाले देशभरका जिल्ला सदरमुकामसहित काठमाठौंको रन्तपार्कस्थित शान्तिवाटिमा विरोध प्रदर्शन गरेको हो।

राप्रपाले विरोध कार्यक्रममा धर्मनिरपेक्ष अंकित ब्यानर र प्लेकार्ड जलाउने कार्यमक्रम तय गरेको थियो। यसैक्रममा राजधानीको शान्तिबाटिकामा गरिएको विरोध कार्यक्रममा प्रहरीले हस्तक्षेप गर्दै कार्यकर्तालाई पक्राउ गरेको छ। पार्टीका अध्यक्ष कमल थापा लगायतका नेता तथा कार्यकर्ताहरू विरोध कार्यक्रममा उपस्थित थिए।


 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.