'पाठकको अदालतमा उपन्यासको मुद्दा जितेँ'

|

काठमाडौं : पहिचान पुरस्कार- २०७५ साहित्यकार सरस्वती प्रतिक्षा र उन्मुक्त पुस्तालाई संयुक्त रूपमा प्रदान गरिएको छ।

काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा सरस्वती र उन्मुक्त पुस्तालाई संयुक्त रूपमा साहित्यकार वैरागी काइँलाले दुई लाख दुई हजार दुई रुपैयाँ राशिको पुरस्कार र प्रमाणपत्र हस्तान्तरण गरेका हुन।

'नथिया' उपन्यासका लागि सरस्वती र 'आफर' कविता संग्रहका लागि उन्मुक्त पुस्तालाई उक्त पुरस्कार प्रदान गरिएको हो।

अदालतसम्म पुर्‍याएको उपन्यास 'नथिया'ले पुरस्कार पाउँदा पाठकको अदालतमा जित भएको सरस्वतीले बताइन। वादी समुदायका महिलाका कम्लरी बस्नेदेखिका तमाम समस्याका बारेमा लेखिएको उपन्यासले पुरस्कार प्राप्त गर्दा आफूलाई खुसी लागेको उनले बताइन।

सरस्वतीको उपन्यास 'नथिया'ले वादी समुदायका महिलाका बारेमा नकरात्मक रूपमा चित्रण गरेको भन्दै अदालतमा मुद्दा परेको थियो। जसमा सरस्वतीको हार भएको थियो र जरिवाना तिर्ने तथा उक्त उपन्यास नै सच्याउन आदेश भएको थियो।

'आफर' कविता संग्रहमा ६ जनाका कविता रहेका छन। कविता संग्रहमा दमित समुदायका आवाज रहेको कवि माधव घिमिरेले बताए। कविता संग्रहमा माधव घिमिरे, केशव सिलवाल, केवल विनावी, केशर अम्गाईँलगायत ६ जनाका कविता रहेका छन।

साहित्यकार काइँलाले साहित्‍यमा नेपाली समाजको समस्या लेख्नु साहित्यकारको धर्म भएको बताए। उनले एकले अर्काको समस्या चिनाउन साहित्यले भूमिका लेख्नुपर्ने धारणा राखेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.