|

कञ्चनपुर : कञ्चनपुरका किसानलाई गहुँ भित्र्याउन भ्याइन भ्याई भएको छ। विहानको झिसमिसेमै गहुँ काटन खेतमा निष्कने किसान झमक्क साँझ परेपछि मात्रै घर फर्किने गरेका छन। मौसममा आएको परिवर्तनले किसानलाई झनै व्यस्त बनाएको छ। 

छिनभरमै वर्षा हुने र छिनभरमै असिना पानी पर्न थालेपछि किसान बर्षा र असिना पानी बाट गहुँ बाली जोगाउनका लागि खेतमै व्यस्त हुन थालेका हुन। यस वर्ष समयमै बर्षा भएकाले गहुँबाली सप्रिएको छ। दाना निकै राम्रो लागेको छ शुक्लाफाँटा नगरपालिका ३ का  किसान हरिराम चौधरीले भने,‘गहुँ काटनै लाग्दा मौसममा आएको परिवर्तनका कारण निकै चिन्तित भएका छौं।’ उनले भने, ‘गहुँ काटेर थ्रेसिङ गरी घरभित्र राख्न पाए ढुक्क भइन्थ्याे। मौसम बेइमान हुँदा निकै व्यस्तता बढेको छ। खेतमै खाना खाएर गहुँ काटनु पर्ने अवस्था छ।’

 किसानले गहुँ काटन र थ्रेसिङ गर्नका लागि आधुनिक यन्त्रको प्रयोग गर्न थालेका छन। जसले गर्दा कार्य बोझलाई कम गरिदिएको छ। एक हप्ता लगाएर गहुँ काटेर सिध्याउने किसानले पावर टिलरमा रिपरको प्रयो गरी दुई घण्टामै गहुँ काटि सक्ने गरेका छन। काटेको गहुँ थ्रेसरमा राखेर घर भित्र भित्र्याउँदै आएका छन। काटेको गहुँ खेतमै र घरको आँगनमै पुरयाएर थ्रेसिङ हुने गरेको छ। गहुँका दाना भित्राए पछि उप उत्पादनका रुपमा निस्केको भुषलाई चौपाया खुवाउनका लागि राख्ने गरिएको छ। कञ्चनपुर गहुँ बालिको भण्डारकै रुपमा लिइन्छ। 

कञ्चनपुरमा कुल खेतीयोग्य ५६ हजार हेक्टर जग्गा मध्ये ३१ हजार ५४३ हेक्टर क्षेत्रफलमा गरिएको गहुँ खेती हुने गरेको छ। जसको उत्पादन प्रति वर्ष ८६ हजार ५०६ मेट्रिक टन हुने गर्दछ। गहुँ खेतीमा संलग्न कृषकलाई  स्थानीय तहमा रहेका कृषि शाखाले अनुदानमा बीउ, किटनाषक, कृषि औजार उपलव्ध गराइनुका साथै मलको सहज आपूर्तिले उत्पादन वर्षेनी बढदो रुपमा रहेको छ।

गहुँको उत्पादन बढनुको कारण कृषकको अत्याधुनिक कृषि यन्त्रतर्फ आकर्षण बढनु, उन्नत जातका गहुँको बीउ प्रयोग गरिनु र परम्परागत खेती गर्ने तरिकामा परिवर्तन ल्याउनु लगायत रहेका छन। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.