|

बर्दिया : नागरिकता घुम्ती शिविरबाट एकैदिन २ सय ५८ जनाले नागरिकता लिएका छन्। नागरिकता घुम्ती सेवा शिविरबाट एकै दिनमै महिला १५३ र पुरुष १०५ गरी जम्मा २५८ जनालाई नागरिकता वितरण गरिएको अधिकृत अर्जुन सुबेदीले जानकारी दिए। नागरिकता लिनेमध्ये एक जना अपांग छन्। शुक्रबारै आयोजना गरिएको घुम्ती शिविरमा मतदाता नामावलीमा समेत नाम दर्ता गरिएको छ। जसमा महिला ९३ जना र पुरुष ९२ जना गरी जम्मा १ सय ८५ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएको अधिकृत सुवेदीले जानकारी दिए।

शिविरीमा नागरिकता बनाउन आउनेको संख्या बढेपछि एकदिन थपगरी आइतबार पनि शिविर संचालन हुने बताइएको छ। एकदिने मात्रै शिविरको आयोजना गरिएकोमा नागरिकता बनाउन आउनेको भिड थेगीनसक्नु भएपछि एक दिन थप गरीको बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वांङले जानकारी दिए।

ठाकुरबाबा नगरपालिकाअन्तर्गतका स्थानीयका लागि जिल्ला प्रशासन कार्यालय बर्दियाको  आयोजना र ठाकुरबाबा नगरपालिकाको समन्वय तथा व्यवस्थापनमा सञ्‍चालन गरिएको   नागरिकता घुम्ती शिविरबाट २ सय ५८ जनालाई नागरिकता प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रशासकीय अधिकृत सुवेदीले।

ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख घननारायण श्रेष्ठ र बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले अपांङता भएकि कुजु थारूलाई नागरिकता दिएर शिविरको उद्‍घाटन गरेका हुन्। यसअघि स्थानीय तह भइसकेपछि ठाकुरबाबा नगरपालिकाको बगनाह र मढेलामा गरी २ पटक जिल्ला प्रशासन कार्यालयको आयोजनामा नागरिकता शिबिर संचालन गरिसकिएको ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठले बताए।

जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने सेवामध्ये नागरिकता बनाउन अशक्त, अपांग र असाहयका लागि छिटो छरितो सेवा जनताको घरदैलोमै पुर्‍याउने उद्‍देश्यले नागरिकता घुम्ती शिविर संचालन गरिएको जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङ्गले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.