विप्लवलाई व्यंग्‍य - नाम क्रान्तिकारी काम देश बिगार्ने

|

बुटवल : प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक समृद्धिको बोटोमा अगाडि बढेको देखेर सरकार विरोधीहरू भ्रम फैलाउन थालेको बताएका छन्।

जितगढी विजय उत्सव दिवसको समारोहमा प्रधानमन्त्री ओलीले समृद्धि देख्न नचाहनेहरूले विभिन्न आवरणमा ज्योतिषीहरूलाई उक्साएर अनावश्यक भ्रम फैलाउन लागिपरेको बताए।

‘जनता भड्काउन सकिएन, चलाउन सकिएन भने दक्षिणाको लोभमा पारेर ज्योतिषिहरू लगाएर आज यो हुन्छ भोली यो हुने छ भनेर भविष्यवाणी गरेका छन्’, उनले भने। प्रधानमन्त्री ओलीले गणतन्त्र हटेर राजसंस्था फर्किने, प्रधानसेनापति पूर्णचन्द्र थापालाई प्रधानमन्त्री हुने योग रहेकोजस्ता ज्योतिषीहरूको भविष्यवाणीप्रति संकेत गरेर उक्त अभिव्यक्ति दिएका हुन।

प्रधानमन्त्रीले राजनीतिक स्वार्थ पूरा नभएपछि ज्योतिषीलाई लोभ देखाएर भ्रमपूर्ण भविष्यवाणी गर्न उक्साएको बताए। उनले आजको आवश्यकता अनूसार ज्योतिषीकहाँ नभई जनतामा जान आग्रह गरे।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको विप्लव समूह तर्फ इंगित गर्दै प्रधानमन्त्री ओलीले भने, ‘नाम क्रान्तिकारी तर काम देश बिगार्ने, यस्ता तत्वहरूसँग अलमलिनु हुँदैन।’

बुटवलमा अंग्रेज सेनालाई पराजित गरिएको गढीका रूपमा रहेको जितगढी किल्लामा आयोजित विजय उत्सव दिवसमा ओलीले राष्ट्र निर्माणमा नेपाली सेनाको योगदान महत्वपूर्ण रहेको बताए। सेना आफैँमा स्वायत्त भएको बताउँदै ओलीले नेपाली सेनाको योगदान कुनै व्यक्ती या वंशसँग नजोडिने बताए।

‘एकताका नेपाली सेनाको नाम शाही नेपाली थियो, राजाकै चाकरी गर्ने हो कि भन्नेजस्तो लाग्थ्यो, सेना लोकतान्त्रिक भयो,’ उनले भने, ‘उसको बलिदान, योगदान वंशसँग जोडिदैन।’

यो पनिः

प्रधानमन्त्री ओलीले शासकीय अव्यवस्था समाप्त पारेर जनताको व्यवस्था ल्याएको स्मरण गर्दै भने समृद्ध नेपालको आधार तय गरिसकेको दाबीसमेत गरे। उनले पहिलो वर्षमै संविधान कार्यान्वयनका लागि कानुन निर्माण र संरचना तयार, कर्मचारी समायोजनजस्ता काम सकेर समृद्धिको आधार तयार गरेको र स्थानीय र प्रदेश सरकार पनि भविष्यको रेखा कोर्नका लागि काम गरिरहेको बताए।

ओलीले नेपालको आन्तरिक झगडाले मुलुकको विकास हुन नसकेको बताए। ‘हामी सधै झगडा गरेर गरिबको गरिब हुने, हामीले समृद्ध हुनुपर्दैन?’ उनले भने। 

कार्यक्रममा रक्षामन्त्री ईश्वर पोखरेल, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेल, नेकपा महासचिव विष्णु पौडेल, कांग्रेस नेता बालकृष्ण खाँण, बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बोल्दै जितगढी किल्लालाई मुलुककै ऐतिहासिक गन्तव्यका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.