|

बर्दिया : बर्दियाली साहित्यकार धनसिंह गिरीको गजलसंग्रह 'साक्षी किनारा' सार्वजनिक भएको छ। बर्दियाली साहित्य मन्च, बगनाहा, बर्दियाले प्रकाशन गरेको गजलसंग्रह साक्षी किनाराको बैशाख ०६ गते शुक्रबार बर्दियाको सदरमुकाम गुलरियामा एक कार्यक्रमका बीच बिमोचन गरिएको हो।

गजल सौन्दर्य उपासक डा. घनश्याम न्यौपाने ‘परिश्रमी’ र गुलरिया नगरपालिकाकी नगर उप-प्रमुख सुशिला गिरीले संयुक्तरूपमा पुस्तकको विमोचन गरेका हुन्। उक्त गजलसंग्रहको पत्रकार राजेन्द्र धितालले समीक्षा गरेका थिए।

८० पृष्ठ लामो गजल सग्रंहमा साहित्यकारका विभिन्न परिवेश, विभिन्न घटनाक्रमहरू र अनुभव झल्काउने ६६ वटा गजलहरू समावेश रहेको छ। गजलसंग्रहमा देशको परिस्थितिको विषयमा चिन्ता, प्रेम भाव, सामाजिक समस्या, जीवनभोगाइ लगायतका विषयवस्तुहरुलाई समेटेर तयार गरिएका उत्कृष्ठ गजलहरू समावेश छन्।

गजलसंग्रह बिमोचन कार्यक्रममा गजलमा विद्यावारिधि गरेका नवलपरासीका गजल सौन्दर्य उपासक डा. घनश्याम न्यौपाने ‘परिश्रमी’लाई षष्टीपूर्ति अभिनन्दनसमेत गरिएको छ। न्यौपाने त्रिभुवन विश्वविद्यालयका प्रध्यापकसमेत हुन्। उनका २२ वटा कृती प्रकाशित छन्।

सोही कार्यक्रममा कथाकार लक्ष्मी बस्यालको कथा सग्रंह बेचिएकी चेलीको पनि विमोचन गरिएको छ। कार्यक्रममा बाँके, बर्दिया, चितवन, काठमाडौं, जाजरकोट, सुर्खेत लगायतका जिल्लाहरूबाट ५० भन्दा बढी साहित्यकारको सहभागितामा रहेको थियो। यसअघि बर्दियाली साहित्य मञ्चले २०७३ सालमा बर्दियाका २० जना गजलकारको प्रतिनिधि मुलक गजल समावेश गरिएको बर्दियाली प्रतिनिधि गजल संग्रह प्रकाशनमा ल्याइसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.