|

संयुक्तराज्य अमेरिकाका मिसिसिपी र अलाबामा राज्यमा आएको आँधीका कारण चार जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।    

मिसिसिपी राज्यको लिन्कन काउन्टीमा बिहीबार एउटा रूखले किचेर ६३ वर्षीय एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ। अरु दुई जनाको गाडी चलाइरहेका बेला मृत्यु भएको थियो।   अलाबामा राज्यको पेल नगरमा एक जना ४२ वर्षीया महिलाको घुम्ती निवासमा रूखले थिचेर मृत्यु भएको थियो।    

बिहीबारको आँधीले अमेरिकाको दक्षिणमा रहेका अलाबामा, मिसिसिपी, लुजियाना र टेक्सास समेतका राज्यहरूमा व्यापक क्षति गरेको थियो। मिसिसिपी राज्यमा आँधीबाट सर्वाधिक प्रभाव परेको थियो। एक लाखभन्दा बढी मानिसका घरमा विद्युत् सेवा अबरुद्ध भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.