|

काठमाडौं : गायक ब्रबिम सेर्माको स्वरमा रहेको नयाँ गीत ‘सेवारो नमस्ते’ सार्वजनिक भएको छ। दिलकमल सेर्माको शब्द रहेको उक्त गीत शुक्रबार युट्युबमार्फत सार्वजनिक गरिएको हो। गीतमा गायक सेर्मा र गीतकार दिलकमलको संगीत रहेको छ भने एरेन्ज फणिन्द्र राईको छ।

गीतको म्युजिक भिडियोमा चर्चित कलाकार विल्सनविक्रम राई ‘तोक्मे बुढा’ र एलिसा राईको अभिनय हेर्न सकिन्छ। विल्सनविक्रम राईले निर्देशन गरेको भिडियो नवराज उप्रेतीले खिचेका छन्। लिम्बू भाषाका सयौँ चर्चित गीतका गायक ब्रमिमको यसअघि पनि चर्चित नेपाली गीतहरू बजारमा आइसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.