इन्डियन प्रिमियर लिग सिजन १२ को ३७ औँ खेलमा दिल्ली क्यापिटल्सविरुद्ध किंग्स एलेवन पञ्जाव उत्रिएको छ।
दिल्लीको टिममा नेपाली युवा बलर सन्दीप लामिछाने पनि परेका छन। उनी लगातार तीन खेलमा बेन्चमा बसेका थिए। आज भने उनी प्लेइङ ११ मा परेका हुन।
पञ्जावबाट भने चर्चित ब्याट्सम्यान क्रिश गेल खेलिरहेका छन्। आजको खेलमा सन्दीप र गेलको प्रतिस्पर्धा हेर्न पाइने छ।
फिरोज साह कोटला मैदान दिल्लीमा हुन गइरहेको खेलमा दिल्लीले टस जितेर फिल्डिङको निर्णय गरेको छ।
यसअघि खेलेका ९ खेलमा ५ मा जित निकाल्दै १० अंक बनाएको दिल्ली अंकतालिकाको तेस्रो स्थानमा छ। समान ९ खेल खेलेको पञ्जावले पनि ५ खेल जितेर १० अंक बनाएपनि रन रेटका आधारमा चौथो स्थानमा रहेको छ।
AAJ KE XI TIGERS!! 🐯#DCvKXIP #ThisIsNewDelhi #DelhiCapitals pic.twitter.com/LchsEsauxQ
— Delhi Capitals (@DelhiCapitals) April 20, 2019
तपाईंको ईमेल गोप्य राखिनेछ ।