|

सोलुखुम्बु : खुम्बु भ्रमणमा आएका एक अमेरिकन नागरिकको लडेर मृत्यु गएको छ। सगरमाथा क्षेत्रको भ्रमणमा आएका ३६ वर्षीय अमेरिकन नागरिकको लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जानकारी दिएको छ।

सगरमाथा आधार शिविर पुगेर फर्कने क्रममा खुम्बुपासाङल्हामु गाउँपालिका ३ को फाक्दिङमा लडेर किस्टोफर बेन्डनको मृत्यु भएको हो। शनिबार विहान फाक्दिङमा उनी लडेर करिव २०० मिटर तल खसेर घटनास्थलमै उनको मृत्यु भएको सोलुखुम्बुका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सालिग्राम शर्माले जानकारी दिए।  

कानुनी प्रक्रिया पूरा गरेर उनकाे शवलाई पोष्टमाटमको लागि काठमाडौंस्थित शिक्षण अस्पताल लगिने बताइएको छ। घटनास्थलमा इलका प्रहरी कार्यालय नाम्चेबाट प्रहरी निरीक्षकको टोलि खटिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.