समाज

आगलागीमा परेर ३ वर्षीय बालकको मृत्यु
SHARES

बैशाख ७, २०७६

    बागलुङ : निसीखोला गाँउपालिका वडा नं २ बायखोला ३ वर्षीय बालकको जलेर मृत्यु भएको छ। शनिबार बिहान साढे ९ बजेको समयमा बङ्गालोमा आगलागी हुँदा विमल सुनारका छोरा विशाल सुनारको जलेर ज्यान गएको प्रहरीले जनाएको छ। बच्चाले आगो खेलाउने क्रममा आगो सल्केको हो।

    आगलागीबाट करिब ५ लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यलय बुर्तिबाङका प्रहरी नायब निरीक्षक राजु लामाले जानकारी दिए।

    त्यसैगरी गलकोट नगरपालिका-३ हटियाका हेमबहादुर खत्रीको घरमा आगलागी हुँदा लाखौँको क्षति भएको छ। शनिबार साँझ ५ बजेको समयमा घरको तेस्रो तलामा लागेको आगो करिब २ घण्टापछि नियन्त्रममा आएको थियो।

    आगालागीबाट घर जलेर पूर्णरूपमा नष्ट भएको छ भने घरसँगै जोडिएको तुलसी साहनीको घरको छानोसमेत भत्किएको प्रहरी चौकी हटियाले जानकारी दिएको छ। आगलागीको कारण खुल्न सकेको छैन।

    ३ तला रहेको सो घरको पहिलो तलामा होटल र दोश्रो तथा तेश्रो तलामा भाडामा मानिस बस्दै आएका थिए। आगो नियन्त्रणमा जनप्रतिनिधि, प्रहरीलगायत खटिएका थिए। आगलागीको क्षतिबारे प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले निरीक्षण गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]