|

कपिलवस्तु : आठौं राष्ट्रिय महिला खेलकुदअन्तर्गत कपिलवस्तुको बुद्ध रंगशालामा शनिबार अपराह्न भएको दुई विभागीय बीचको खेलमा त्रिभुवन आर्मी क्लबले सशस्त्रको एपिएफलाई हराएको छ। जारी खेलमा उत्कृष्ट प्रर्दशन गर्दै आएको एपिएफ त्रिभुवन आर्मी संग ३–० ले पराजित भएको हो।

खेलको पहिलो हाफमा बराबरी खेलेको एपिएफले दोस्रो हाफमा भने निरासाजनक नतिजा भोग्न बाध्य भयो। खेलको ५० औं मिनेटमा जर्सी नं. २३ की इन्दिरा राईले पहिलो गोल गरिन। यस्तै खलेको ६४ औं मिनेटमा जर्सी नं. ९ की शर्मिला थापाले दोस्रो गोल गरेपछि एपिएफलाई थप दबाबमा राखेको थियो। आर्मीका हरेक गोल रोक्ने प्रयास गरेको एपिएफले खेलको ६९ औं मिनेटमा जर्सी नं. १० की कृष्णा खत्रीले तेस्रो गोल गरेर आर्मीले ३–० को स्पष्ट जित हासिल गरेको छ।

शनिबार १ गोलसहित उत्कृष्ट खेल पस्केकी आर्मीकी जर्सी नम्बर २३ की खेलाडी इन्दिरा राई प्लेयर अफ दि म्याच घोषित भइन्। दुवै विभागीय टिम भएकाले शनिबारको खेल हिजो अस्तिको भन्दा बढी आक्रमक र तनावपूर्ण देखिन्थ्यो। शनिबारको खेलमा ३ जना खेलाडीले पहेँलो कार्ड प्राप्त गरे। आर्मीकी गोल किपर, एफिएफकी अनिता केसी र जर्सी नम्बर ९ की खेलाडी सावित्रा भण्डारीले पहेँलो कार्ड प्राप्त गरे।

शनिबारको जितसँगै आर्मीले ३ खेलमा ३ जित सहित ९ अंक बटुलेको छ भने एक खेल बढी खेलकोे एफिएफको ३ मा जित र १ मा हारसहित ९ अंक नै बटुलेको छ। यस्तै विहानको महिला फुटवलमा प्रदेश नम्बर १ ले पहिलो जित दर्ता गरेको छ। कपिलवस्तुको बाणगंगा बुद्धरंगशालामा भएको खेलमा प्रदेश नम्बर १ ले प्रतियोगिताकै कमजोर मानिएको कर्णाली प्रदेशलाई २ शून्य गोल अन्तरले पराजित गर्दै पहिलो जित हासिल गरेको हो।

प्रतियोगिताअन्तर्गत आइतबार पनि २ खेल हुँदै छन्। पहिलो खेलमा विहान ७ बजे गण्डकी प्रदेशले प्रदेश १ को सामना गर्नेछ। दोस्राे खेलमा अपरान्ह ४ बजे त्रिभुवन आर्मीले कर्णालीको सामना गर्ने छ। प्रतियोगितामा एक खेलमा पनि जित हासिल नगरेको कर्णाली र प्रदेश १ अंकविहीन छन् भने गण्डकी प्रदेशले १ खेल जितेर ३ अंक बटुलेको छ।

आइतबारको खेलले समूह विजेता र उपविजेताको टुंगाे लगाउने छ। कपिलवस्तुमा एक चरणको खेल भइरहेको छ भने दाङमा अर्को चरणको खेल भइरहेको छ। दुवै स्थानका विजेता र उपविजेता टोलीले अन्तिम ४ मा प्रतिस्पर्धा गर्ने छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.