|

काठमाडौं : अच्युत घिमिरेद्वारा लिखित ‘आमाले स्पर्श गरेको माटो’ कवितासङ्ग्रह सार्वजनिक भएको छ। काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पसमा आयोजित साहित्य सन्ध्याको ३९४औँ श्रृंखलामा साहित्यकार विधान आचार्य र प्रा.डा.खेम दाहालले घिमिरेको कृति लोकार्पण गरेका हुन्। 

लोकार्पित कवितासङ्ग्रहको समीक्षा गर्दै आचार्यले दुखाइ वा भोगाइका अभिव्यक्तिलाई कविताको स्वरूपमा बडो सुन्दरढङ्गले कविले ढाल्नसकेका टिप्पणी गरे। स्रष्टा घिमिरेले सानैमा मातृवात्सल्यबाट टाढिनुपरेको र आमाको माया नपाउनुको पीडालई कवितामा अभिव्यक्त गर्ने प्रयत्न गरेको बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.