|

युक्रेनमा राष्ट्रपतीय निर्वाचन अन्तर्गत आइतबार दोस्रो तथा अन्तिम चरणको मतदान हुँदैछ। 

यसअघि पहिलो चरणमा गत मार्च ३१ मा भएको मतदानबाट चयन भएका शीर्ष दुई उम्मेदवारबीच अन्तिम प्रतिस्पर्धा हुन लागेको हो। अन्तिम प्रतिस्पर्धामा वर्तमान राष्ट्रपति पेट्रो पोरोसेन्को र एक टेलिभिजन प्रस्तोता तथा हास्य कलाकार भ्लादिमिर  जेलेन्स्की छन्। जेलेन्स्की पहिलो चरणको मतदानमा सर्वाधिक मत प्राप्त गर्न सफल भएका छन्। उनले ३० दशमलव ४ प्रतिशत मत प्राप्त गरेका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी वर्तमान राष्ट्रपति पोरोशेन्कोले १७ दशमलब ८ प्रतिशत मत प्राप्त गरेका छन्। दुवै उम्मेद्वार युरोप निकट मानिन्छन्। रुस निकट नेताहरु भने निर्वाचनमा कमजोर देखिएका छन्। वर्तमान राष्ट्रपति पोरोशेन्को सोलिडारिटी पार्टीबाट चुनावी मैदानमा छन्।

हाँस्य कलाकार जेलेन्स्की सर्भान्ट अफ दि पिपुल पार्टीबाट निर्वाचन लडेका हुन्। टेलिभिजनमा हास्य कार्यक्रम संचालन गर्ने जेलेन्सीकी वर्तमान राष्ट्रपति पोरोशेन्कोमाथि भ्रष्टाचार आरोप लागेपछि त्यसको विरोध गर्ने क्रममा राजनीतिमा उदाएका हुन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.