|

श्रीलंकाको विभिन्न स्थानमा भएको विष्फोटमा २५ जनाको ज्यान गएको छ। 

आइतबारका दिन चर्चमा गएका इसाई धर्मालम्बीलाई लक्षित गरी तीन चर्चमा विष्फोट गराउँदा कम्तिमा २५ जनाको ज्यान गएको छ भने दुई सय भन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले उल्लेख गरेको छ। 

घाइतेको विभिन्न अस्पतालमा भर्ना गरिएको छ। श्रीलंकको कोलम्बोमा रहेका तीन चर्च र अन्य छ स्थानमा विष्फोट भएको श्रीलंकका अधिकारीले बताएका छन्।  विष्फोट कसले गरायो भन्ने अहिले सम्म खुल्न सकेको छैन्। विष्फोटपछि शहरको शुरक्षा व्यवस्था कडा बनाइएको छ। भन राहत र बचाउको कार्य जारी रहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.