|

काठमाडौं :  काठमाडौं महानगरले  निजी विद्यालयको शुल्क वृद्धि गरेको छ। यसै शैक्षिकसत्रदेखि महानगरभित्र रहेका निजी विद्यालयको मासिक शुल्क वृद्धि भएको महानगरले जनाएको छ। महानगरभित्र भएका निजी विद्यालयलाई क,ख,ग र घ वर्गमा वर्गीकरण गरी वर्गअनुसार शुल्क लिने व्यवस्था महानगरले गरेको छ। विद्यालय सञ्चालनको अवस्था  र व्यवस्थालाई आधार मानेर निजी स्कुललाई तोकिएको सूचकका आधारमा विद्यालय वर्गीकरणको आधारमा महानगरले शुल्क निर्धारण गरेको महानगरका प्रवक्ता ईश्वरमान डंगोलको भनाइ छ। 

निजी विद्यालयले मनपरी शुल्क असुल्ने  तर विद्यार्थीलाई सेवा सुविधा नदिने गुनासो आउन थालेपछि महानगरले  निजी स्कुलको शुल्क बढाएको बढाइएको उनले बताए। तर,अभिभावक संघले भने बढाएको शुल्क नमान्ने बताएको छ। स्थानीय सरकारले मनपरी र एकतर्फी शुल्क वृद्बि गरेको अभिभावक संघले आरोप लगाउँदै आएको छ।

प्रवक्ता डंगोलले भने, 'महानगर सरकार हो, कसैलाई विभेद गरेको छैन,अभिभावकलाई मार खुवाउने होइन, अभिभावक र विद्यार्थीलाई सहुलियत दिने हो, हामीले अभिभावलाई मर्का नहुने गरेर शुल्क बढाएका छौँ।'

यस्तै उनले कसैलाई लक्षित गरी महानगरले शुल्क वृद्बि नगरेको र शिक्षाको गुणस्तरमा समेत वृद्बि होस भनेर शुल्क वृद्बि गरेको बताए। महानगरले शिक्षासँग सरोकारवालाहरूसँग छलफल गरेको छ। पुरानु नियमअनुसार 'घ' वर्गलाई अधिकतम शुल्क ८३८,  ‘ग’ वर्गका लागि तीन हजार ४९, ‘ख’ वर्गका लागि तीन हजार ७६२ र ‘क’ वर्गका लागि चार हजार ३७३ अधिकतम शुल्क थियो।

वृद्धि भएको शुल्कमा कुनमा कति?

महानगरले शैक्षिकसत्र २०७६ को आधारभूत तह कक्षा एकदेखि पाँच सम्म ‘घ’ वर्गमा पर्ने विद्यालयको अधिकतम शुल्क रु एक हजार ६३० कायम गरेको छ। त्यस्तै ‘ग’ वर्गका विद्यालयको रु दुई हजार २४, ‘ख’ वर्गका विद्यालयको रु दुई हजार ४१८ र ‘क’ वर्गका विद्यालयको रु दुई हजार ८१२ निर्धारणको छ। आधारभूत तहकै कक्षा छ  देखि आठ सम्म ‘घ’ वर्गका विद्यालयको अधिकतम शुल्क  एक हजार ९०१, ‘ग’ वर्गका विद्यालयको दुई हजार ३५१, ‘ख’ वर्गका विद्यालयको रु दुई हजार ८०१ र ‘क’ वर्गका विद्यालयको तीन हजार २५१ कायम गरिएको छ।

माध्यमिक तहतर्फ कक्षा नौँ र १० मा ‘घ’ वर्गमा पर्ने विद्यालयले  एक हजार ५३७ अधिकतम शुल्क लिन पाउनेछन्। यसअघि त्यस वर्गका लागि अधिकतम शुल्क  आठस य ३८ थियो। त्यस्तै ‘ग’ वर्गका लागि तीन हजार ४९, ‘ख’ वर्गका लागि तीन हजार सात ६२ र ‘क’ वर्गका लागि र चार तीन ७३ अधिकतम शुल्क तोकिएको काठमाडौं महानगरपालिकाका प्रवक्ता डंगोलले बताए। 

शुल्‍क वृद्धि मान्दैनौँ : अभिभावक संघ

यता, अभिभावक संघले महानगरले एकपक्षीय रूपमा बढाएको शुल्‍क नमान्ने बताएको छ। एकतर्फी ढंगले शुल्क वृद्बि गरिएकोले तुरुन्त फिर्ता लिनुपर्ने अभिभावक संघको अध्यक्ष सुप्रभात भण्डारीले बताए। सरकार आफू भएर पनि जनतालाई मर्का पार्न नहुने भण्डारीको धारणा थियो। देशभरीका स्कुलका बढाएको स्कुलको फिर्ता हुनुपर्ने भण्डारीले बताए। 'गुणस्तर भनेको जीवन हो,कस्तो शिक्षालाई गुणस्तर भन्ने,' उनले भने, शुल्क वृद्बि हुँदा शिक्षाको स्तर हुन्छ भन्ने कुरा हास्यास्पद हो।'

महानगरमा ९१ सामुदायिक र ६४५ संस्थागत गरी ७३६ विद्यालय छन्। यी विद्यालयमा दुई लाख तीन हजार ९७१ विद्यार्थी अध्ययनरत छन्। यसमध्ये एक लाख ५८ हजार ९७१ संस्थागत विद्यालयमा र बाँकी सामुदायिक विद्यालयमा अध्ययन गर्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.