|

बाँके : आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टिम त्रिभुवन आर्मी क्लबले सर्वाधिक पदक जितेको छ।

आर्मीले हालसम्म १४९ स्वर्ण मध्ये ६० स्वर्ण, ४१ रजत र ३५ कास्य पदकसहित कुल १३६ पदक हात पारेको छ। यस्तै सशस्त्र प्रहरीको एपीएफ क्लव दोस्रो स्थानमा उक्लेको छ। उसले २५ स्वर्ण, २२ रजत र ३१ कास्य गरी कूल ७८ पदक जितेको छ।

नेपाल पुलिस क्लबले हालसम्म २४ स्वर्ण, २३ रजत र २३ कास्य पदकसहित कुल ७० पदक जित्दै एपीएफ भन्दा पछाडी परेको छ। चौथो स्थानमा रहेको प्रदेश ३ ले १० स्वर्ण, १८ रजत र ३४ कास्य पदक गरी ६२ पदक हात पारेको छ। पाँचौ स्थानमा आफ्नो नाम दर्ज गराएको सुदूरपश्चिम प्रदेशले ७ स्वर्ण, ५ रजत र १५ कास्यसहित २७ पदक जित्दा गण्डकी प्रदेशले ६ स्वर्ण १० रजत, २३ कास्य गरि ३९ पदक जित्न सफल भएको छ।

सातौँ स्थानमा रहेको प्रदेश २ ले ६ स्वर्ण, ६ रजत र ६ कास्यगरि १८ पदकमा चित्त बुझाउनु परेको छ। आयोजक प्रदेश ५ ले ४ स्वर्ण, १२ रजत र २५ कास्य गरी ४१ मा सीमित भएको छ। भने प्रदेश १ ले ३ स्वर्ण, १० रजत र ३१ कास्यसहित ४४ र कर्णाली प्रदेशले २ स्वर्ण, १ रजत र २ कास्यसहित ५ पदक जितेको छ।

प्रतियोगितामा एनआरएनले २ स्वर्ण र ३ कास्यमा चित्त बुझाउनु परेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.