|
फोटो : प्रकाश राज ट्विटर

भारतीय लोकसभा चुनावमा योपटक बिहारको बेगुसराय हटसिट बनेको छ। यहाँबाट युवा नेता कन्हैयाकुमार चुनावी मैदानमा उत्रिएका छन्। यहीबाट रत्तारूढ दल भारतीय जनता पार्टी (बिजेपी)का फायरबान्ड नेता गिरिराज सिंह पनि चुनावी मैदानमा छन्।

बलिउडका कलाकारले पनि लोकसभाको निर्वाचनलाई खुबै चासो दिएरहेका छन्। केही दिनअघि कन्हैया कुमारको समर्थनमा स्वारा भास्करले प्रचार गरेकी थिइन् र अब उनको समर्थनमा बलिउडका अर्को कलाकारको नाम जोडिएको छ। उनी हुन् बलिउडका चिरपरिचत कलाकार प्रकाशराज।

प्रकाशराजले शनिबार बेगसरायमा पगेर कन्हैया कुमारको लागि प्रचार गरेका छन्। उनले यस विषयलाई एक ट्विट पनि गरेका छन्। प्रकाश राजले ट्विटमा भनेका छन्, 'बेगुसरायमा मैले कन्हैया कुमारसँग यात्रा गरेँ। मैले मानिसहरूको आँखामा एउटा आशाको किरण देखेँ। परिवर्तनको आशा। मलाई उनलाई सहयोग गर्न पाएकोमा गर्व लागेको छ।'

प्रकाश राजको उक्त ट्विटरपछि सामाजिक सञ्जाल युजरहरूले मिश्रित प्रतिक्रिया दिइरहेका छन्। उनले बेगुसरायमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा कन्हैया कुमारलाई आम मानिसहरूको दबिएको आवाज बताए। उनी राजनीतिक मुद्दामा कडा प्रतिक्रिया दिने व्यक्तिका रूपमा चिनिन्छन्। उनले धेरे पटक मोदी सरकारका कामको आलोचनासमेत गरेका छन्। कन्हैयाँ कुमार बेगुसरायबाट चुनावी मैदानमा उत्रिएपछि अहिले त्यहाँको चुनावी माहोल तातेको छ।

पछिल्ला दिन बलिउड कलाकारहरूले उनको पक्ष तथा विपक्षमा ट्विट गरेलगत्तै ती ट्विटहरू भाइरल भएका छन्। केही दिनअघि मात्रै बलिउडका एक  फिल्म निर्माता अशोक पण्डितले कन्हैया कुमारमाथि कडा टिप्पण गरेका थिए। उनले कन्हैया कुमारलाई आतंकवादीको संज्ञा दिँदै उनलाई टुक्राटुक्रा गर्नुपर्ने बताएका थिए। उनको ट्विटमा सामाजि सञ्जाल प्रयोगकर्ताहरूले कडा प्रतिक्रिया दिएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.