|

बाँके : आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत नेपालगन्जमा आइतबार भएको आइटिएफ तेक्वान्दोमा सवैभन्दा वढी स्वर्ण आर्मीले जितेको छ। नेपालगन्जस्थित महेन्द्र वहुमुखी क्याम्पसमा जारी प्रतियोगिताअन्तर्गत आइतबारसम्म भएका खेलमा आर्मीले सात स्वर्णका साथ अग्रता कायमै राखेको छ। 

प्रतियोगितामा एपीएफले चार र प्रदेश ३ ले तीन स्वर्ण हात पारेका छन्। आइतबार नै भएको खेलमा ५१/५५ किलो तौल समूहमा प्रदेश ३ का अनिल तामाङ विजयी भए। त्यस्तै महिलातर्फ ४०–४५ किलो तौल समूहमा प्रदेश ३ की सोनी खड्का र ४५–५० किलो तौलमा प्रदेश ४ की सुस्मिता थापा मगरले स्वर्ण प्राप्त गरिन।

आइतबार भएको ब्ल्याकबेल्ट दोस्राे डानमा नेपाल आर्मीकी निस्मा बस्याल र ग्रुप प्याटर्न विधामा नेपाल आर्मीले स्वर्ण हात पारेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.