|

बाँके : आठौँ राष्ट्रिय प्रतियोगिताअन्तर्गत नवौं राष्ट्रिय आर्चरी प्रतियोगिताको ७० मिटर व्यक्तिगत रिकर्भको पुरुषमा कास्कीका आर्चरी क्लबका अशिम शेरचन र महिलामा आर्मीकी ज्ञानु अवालेले स्वर्ण जितेका छन्।

नेपालगन्जस्थित कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रमा भएको पुरुष फाइनलमा अशिमले आफ्नै क्लबका मुकेश तामाङलाई ७–३ ले पराजित गरे। आर्मीका रोशन नगरकोटी तेस्राे  भए। महिलाको उपाधि भिडन्तमा ज्ञानुले आर्मीकै मित्रा राईलाई ७–१ ले हराउँदै च्याम्पियन बनिन्।

कास्कीकी केशरी आले मगर तेस्राे भइन्। पुरुष ३० मिटर स्ट्यान्डर्ड टिममा आर्मीले बेस्ट आर्चरी क्लबलाई फाइनलमा ६–० ले पाखा लगाउँदै पहिलो भयो। थसाङ स्पोर्ट्स क्लब, काठमाडौं तेस्राे स्थानमा रह्यो। सो स्पर्धाको महिला फाइनलमा अन्नपूर्ण आर्चरी क्लबले कञ्चनपुर आर्चरी क्लबलाई ६–० ले पन्छ्याउँदै तेस्राे बन्यो। आर्मीले तेस्राे स्थानमा चित्त बुझायो।

रिकर्भ मिक्स टिममा आर्मीका डम्बरबहादुर थापा र आइसा तामाङको जोडीले पहिलो स्थान हात पारे। फाइनलमा उक्त जोडीले आर्मीका रोशन नगरकोटी र ज्ञानु अवालेको जोडीलाई ६–२ ले निराश पारे। कास्कीका मुकेश तामाङ र केशरी आले मगरको जोडीले तेस्राे स्थानमा चित्त बुझाए। रिकर्भ पुरुष टिमको ७० मिटरमा कास्कीले प्रहरीलाई फाइनलमा ६–० ले निराश पार्‍यो। आर्मी तेस्राे स्थान हासिल गर्‍यो।

पुरुष व्यक्तिगत स्ट्यान्डर्ड ३० मिटरमा आर्मीका तविन गुरुङले फाइनलमा बेस्ट आर्चरीका प्राण्जल राईमाथि ६–० को जित निकाल्दै स्वर्ण जिते। आर्मीका कमल दानीले काँस्य जिते। त्यसै स्पर्धाको महिलामा अन्नपूर्ण आर्चरी क्लबकी अर्चना थापाले फाइनलमा अन्नपूर्णकै अनुषा गुरुङको चुनौती ६–२ ले समाप्त पार्दै स्वर्ण प्राप्त गरिन्। अन्नपूर्णकै सोलिना गुरुङ तेस्राे भइन्।

पुरुष ५० मिटर व्यक्तिगत कम्पाउन्डमा कास्कीका जाग्रित गुरुङ शीर्ष स्थानमा रहे। फाइनलमा उनले कास्कीकै राजेश राणालाई निरास पारे। थसाङका रमेश भट्टचन तेस्राे भए। विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.