स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादव पनि अस्पतालको लगानीकर्ता

|

जनकपुरधाम : जनकपुरधामस्थित जानकी हेल्थ केयर एण्ड रिसर्चिङ सेन्टर हस्पिटलमा कार्यरत एक नर्स शौचालयमा झुण्डिएको अवस्थामा फेला परेकी छन्। संघीय सरकारका स्वास्थ्य राज्यमन्त्री डा.सुरेन्द्र यादव तथा प्रदेशसभा सदस्य कौशलकुमार यादवले सञ्चालन गरेको सो जानकी हेल्थ केयरमा एक नर्सको मृत्यु भएको हो।

अस्पताल भित्रको छात्रावासमा बस्दै आएकी महोत्तरीको गौशाला नगरपालिका १ रामनगरकी २४ वर्षीया रक्षा आलेमगर आइतबार बिहान शौचालयभित्रै पासो लगाएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। एक बिहानै शौचालयमै झुण्डिएको अवस्थामा नर्स मृत भेटिएपछि मृत्युबारे अनेक टिकाटिप्पणी हुन थालेको हो।

मृतकका बुवा लालबहादुर आलेमगरले रक्षा विगत ८ महिनादेखि टिचिङ अस्पतालमा कार्यरत रहेको तर यतिका दिनमा केही नभएको तर अचानक मृत्यु हुनु शंकास्पद रहेको दाबी गरे। उनले आफ्नो छोरीमा कुनै समस्या नरहेको तथा छोरीको हत्या नै भएको जिकिर गर्दै घटनाको निष्पक्ष छानविनको माग गरे। यता मृतक रक्षाका आफन्तले भने घट्ना शंकास्पद रहेको भन्दै सत्यतथ्य छानविन गर्न माग गरेका छन्। उनीहरूले रक्षाले आत्महत्या गरेको भनिए पनि घट्नास्थलको प्रकृति हेर्दा आत्महत्या भन्न नसकिने आफन्त रुद्र बुर्जा मगरले दाबी गरे। उनले शौचालयमा झुण्डिएको अवस्था हेर्दा शंकास्पद देखिएको भन्दै घटनाको सत्यतथ्य छानविन गर्न माग गरे।

शवलाई आइतबार बिहान प्रहरीले मुचुल्का पश्चात शव पोस्टमार्टमका लागि जनकपुर अञ्चल अस्पतालमा पोष्टमार्टमपछि थप अनुसन्धान भइरहेको धनुषाका प्रहरी नावय उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए। रक्षाको आत्महत्या वा हत्या भन्ने विषयमा अनुसन्धान भइरहेकाले अहिले एकिन नभइसकेको तथा पोष्टमार्टम रिपोर्टपछि थप खुल्ने जानकारी दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.