|

नवलपरासी : पश्चिम नवलपरासीको रामग्राम–१० नदवामा गएराति भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

रोकी राखेको यूपी ६५ बीपी। ३९११ नम्बरको भारतीय ट्रकमा पछाडिबाट लु ७ प १३१२ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइल चालक पश्चिम नवलपरासी रामग्राम–१६ हकुई बस्ने २६ वर्षीय रमेश यादवको उपचारको क्रममा मृत्यु भएको  हो। 

यादवको उपचारको क्रममा जिल्ला पृथ्वीचन्द्र अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुर्घटनामा परी सोही स्थानका २२ वर्षीय रामकृष्ण कहाँर घाइते भएका छन्। दुर्घटना परासी–भैरहवाअन्तर्गत हुलाकी सडकमा भएको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.