|

बारा :  निजगढ नगरपालिका-१० लालमा तीन वटा घरसहित दुई वटा गोठ जलेको छ। आइतबार राति आगलागी भएको हो।

आगोले कालु मोक्तानको घरसहित ५० हजार रुपैयाँ, गरगहना, लत्ताकपडा, १५ मुरी धान, मकै जलेको प्रहरीले जनाएको छ। त्यस्तै, श्यामलाल बोम्जनको गोठ जल्दा तीन वटा भैंसी, १५ बाख्रा र कृष्ण बहादुर बोम्जनको गोठ जल्दा २५ वटा बाख्रा मरेका छन्।

आगलागीबाट करिब १५ लाख रुपैयाँ बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक विक्रम लामाले जानकारी दिए। उनका अनुसार आगो गोठबाट सुरु भएको हो। आगलागीको कारणबारे खुलेको छैन।

टायलको छानो भएको काठको घर–गोठमा लागेको आगो जीतपुरसिमरा उपमहानगरपालिका, कोल्हवी, चन्द्रपुर नगरपालिका र नेपाल आयल निगम अम्लेखगञ्जको चार वटा दमकल, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले चार घण्टा लगाएर नियन्त्रणमा ल्याएका थिए।

राति साढे १० बजे सुरु भएको आगो दुई बजे पुर्णरुपमा नियन्त्रणमा आएको थियो। यसैबीच घटनास्थल पुगेर सासंद उमाकान्त चौधरीले जानकारी लिएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.