|

काठमाडाैं :  नेपाली बजारमा गुणस्तरहीन हेल्मेट प्रयोगमा आइरहेको भन्दै नेपाल गुणस्तर तथा तथा नाप ताैल विभागले ऐन बनाएर लागू गराउने तयारीमा जुटेको छ।

नेपालमा मापदण्डविपरीत हेल्मेट बजारमा बिक्री वितरण गरिएको भन्दै विभागले गुणस्तर युक्त्त हेल्मेट लागू गर्न लागिएको हो। गुणस्तर ऐन नियम लागू भएको खण्डमा नेपाल गुणस्तर चिह्‍न नभएको हेल्मेट बिक्री गर्न नपाउने नेपाल गुणस्तर तथा विभागका निर्देशक मणिराम भुसालले बताए।

बजारमा हाल बिक्री भइरहेको र प्रयोगमा भएका कुनै पनि हेल्मेट गुणस्तरयुक्त नभएको भुसालको भनाइ छ। नेपाली बजारमा गुणस्तरयुक्त हेल्मेट एन एस लागू भइसकेको छ। हेल्मेटको लागि एन एस लागू भइसकेको भए पनि यसलाई नियमन गर्ने काम नभएको गुनासो गरे भुसालले। हेल्मेट गुणस्तर हुनुपर्छ भनेर नेपालमा कानुन बनिसकेको छैन। नेपाली बजारमा उपलब्ध हुने हेल्मेटले एनएस मान्यता प्राप्त नगरेका उनको दाबी छ ।

एन एस मान्यता लागू भए पनि कुनै पनि कम्पनीले लिएका छैनन्। मन्त्रीपरिषदबाट ऐन नबनेको कारण नेपाल गुणस्तर तथा विभागले अनुगमन गर्न नसकेको उनको भनाइ छ।

नेपाल गुणस्तर तथा विभागले १५ वटा हेल्मेटको आकार तय गरेको छ। टाउको अनुसारको,हेल्मेटको फिता, हेल्मेटको लोड थाम्न सक्ने, हेल्मेटको सिसा बलियो हुनुपर्ने, तिखो घोच्ने वस्तुले नछडने खालको हुनुपर्ने, भित्र साउण्ड सुनिने हुनुपर्ने, भित्र हावा पास हुनुपर्ने, लडदा हेल्मेट टाउकोबाट नफुस्कने खालको र टाउकोबाट झर्न नहुने गरी बनाइएको हुने नापतौल गुणस्तर विभागले जानकारी गराएको छ ।

सामान्यतया सबै हेलमेटको बाहिरी सिल कडा हुनुपर्छ। सो सिल भेन्टीलेटर, कम्फर्ट र सहि सेपको हुनुपर्छ। त्यसको आउटर प्याड सुरक्षित हुनुपर्ने हुन्छ।  घस्रिदा तथा लड्दासमेत नकोरिने खालको हुनुपर्ने हुन्छ । यसको अप एण्ड डाउन भिजन र होरिजेन्टल पनि गुणस्तरीय हुनुपर्ने हुन्छ। 

दक्षिण एशियाली राष्ट्रमा गुणस्तरयुक्त हेल्मेट लागु भएको भुसालले जानकारी दिए। भारत,श्रीलंकामा आइएसआइ चिह्न भएका हेल्मेटहरु अन्तर्राष्ट्रिय बजारमा बिक्री भइरहेको छ।

नेपालमा बिक्री भइरहेको हेल्मेट गुणस्तरहिन भएको भुसालको दाबी छ। सामान्य टोपी जस्तो र कमजोर फिता भएको हेल्मेट बिक्री भइरहको उनले बताए । अनुगमन गर्ने निकाय छन्। गुणस्तरीय हेल्मेट भएको नभएको भनेर परीक्षण ट्राफिक प्रहरीले अनुगमन गरिरहेको उनले जानकारी दिए।

मोटरसाइकल चालकले लगाएका ८० प्रतिशत हेल्मेट गुणस्तरहिन रहेको महनगरीय ट्राफिक प्रहरी महाशाखा प्रवक्ता जयराज सापकोटाले बताए। गुणस्तर हेल्मेट लगाउने छलफल भएको छ तर, निर्णय नभएको गुनासो सापकोटाले गरे। एकतर्फी छलफल गरेर नहुने उनको भनाइ छ। यातायात व्यवस्था विभाग,ट्राफिक प्रहरी र हेल्मेट व्यापारी सँग छलफल नभएको सापकोटाले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.