|

झापा, दमक : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसमा गुट छ भनेर अफवाह फैल्याइएको आरोप लगाएका छन्।

कांग्रेसलाई कमजोर बनाउन खोज्नेले यस्तो हल्ला फैल्याएको उनको दावी छ। झाापाको चन्द्रगढी विमानस्थलमा पत्रकारसँग कुरा गर्दै सभापति देउवाले कांग्रेस सदन र जनताबीच दुवै तर्फ सशक्त भूमिकामा रहेको पनि धारणा राखे। सभापति देउवाले कांग्रेस गुटले आक्रान्त भएको भन्दै गलत हल्ला फैलाइएको भन्दै अब पार्टी थप बलियो र सशक्त हुने पनि बताए।

फरक प्रसंगमा उनले बालुवाटारको विवादित जग्गा सुर्वण शम्शेरकी श्रीमति ललिताको भएको र सरकारले अधिग्रहरण गरेको जग्गा कसैले पाउने भए सुर्वणका सन्तानले पाउनुपर्ने समेत तर्क गरेका छन्। झापाको दमकमा सोमबार आयोजित सभाका लागि उनी झापा आएका हुन्। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.