अर्थ

फागुन १९ र २० गते अन्तराष्ट्रिय लगानी सम्मेलन
SHARES

globalization101.org
मंसिर २४, २०७३

    काठमाडौंः आगामी फागुन १९ र २० गते काठमाडौंमा अन्तराष्ट्रिय लगानी सम्मेलनको आयोजना हुने भएको छ।

    सम्मेलन काठमाडौंमा आयोजना हुनेछ। नेपाल लगानीको लागि उपयुक्त गन्तव्य हो भन्‍ने विश्वास दिलाउन सम्मेलन आयोजना गर्ने सरकारले बताएको छ।

    सम्मेलनको तयारीको लागि उद्योग मन्‍‍त्री जोशीको नेतृत्वमा निर्देशक समिति गठन गरिएको छ। शुक्रबार बसेको निर्देशक समितिको तेस्रो बैठकले लगानीको अवसर र सम्भावनाको विषयमा सम्मेलनमा छलफल केन्द्रित गर्ने निर्णय गरेको छ।

    सम्मेलनमा ऊर्जा तथा पूर्वाधार, सूचना तथा सञ्चार प्रविधि, पर्यटन, वित्तिय क्षेत्र, खानी तथा खनीज र कृषि प्रशोधन तथा उद्योगका क्षेत्रमा छलफल गरिने छ।

    सम्मेलनमा नेपालमा लगानी गर्दै आएका अन्तर्राष्ट्रिय कम्पनी तथा विश्वका स्थापित बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिलाई निम्ता गरिने उद्योग मन्त्रालयले जनाएको छ। सम्मेलनमा ३०० जना अन्तर्राष्ट्रिय लगानीकर्ताको सहमाभागी रहने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]