|

मकवानपुर :  प्रदेश ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले सरकारले निःशुल्क उपलब्ध गराउने ७० प्रकारका औषधिहरूको सरल र सहज आपूर्ति र व्यवस्थापन गर्न मातहतका निकायलाई निर्देशन दिएका छन्।

प्रदेश ३ को समाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको सोमबार बिहान उद्घाटन गर्दै मन्त्री दुलालले औषधिको व्यवस्थापन, भण्डारण, वितरण तथा अनुगमन प्रभावकारी बनाउन कर्मचारीलाई निर्देशन दिएका हुन्। स्वास्थ्य क्षेत्रकै सबैभन्दा संवेदनशील कार्यालय औषधि आपूर्ति व्यस्थापन केन्द्र रहेको भन्दै मन्त्री दुलालले कार्यालयले प्रभावकारी काम नगर्दा समग्र स्वास्थ्य सेवा नै प्रभावित हुने भएकाले प्रभावकारी रूपमा काम गर्न कर्मचारीलाई निर्देशन दिए।

हेटौंडा एकमा रहेको तत्कालीन क्षेत्रीय मेडिकल स्टोरलाई प्रदेशअन्तर्गतको आपूर्ति व्यवस्थापन केन्द्रमा परिणत गरी सञ्चालनमा ल्याइएको हो। केन्द्रले प्रदेशका १३ जिल्लाका स्वास्थ्य संस्थालाई औषधि वितरण गर्नेछ। प्रदेश २ मा पनि औषधि भण्डारणको लागि भौतिक पूर्वाधार नबनेसम्म प्रदेश २  मा पनि औषधि पठाउने जिम्मेवारी छ।

प्रदेश ३ का निमित्त सचिव दीपेन्द्र सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक मनोज साउदले मन्तव्य राखेका थिए। केन्द्रमा १७ जना कर्मचारीको दरबन्दी रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.