|

ओखलढुंगा : किसानलाई जीविकोपार्जनमुखी बनाउने उद्देश्यले ओखलढुंगाका दुई स्थानीय तहले मौरीसहितको घार वितरण गरेका छन्। जिल्ला भित्रका दलित, महिला तथा आर्थिक रुपमा विपन्न किसान परिवारलाई मौरीसहितको घार वितरण गरिएको हो।

ओखलढुंगाको  सिद्धिचरण नगरपालिकाले ५०, लिखु गाउँपालिकाले ४० घार मौरीसहितको घार बितरण गरि सकेको छ भने चम्पादेवी गाउँपालिकाले ५० घार मौरी वितरण गर्ने योजनाका साथ काम गरी रहेको छ। ७५ प्रतिशत् अनुदान रकममा २५ प्रतिशत् रकम किसान आफैंले व्याेहोर्ने गरी मौरीको घार, गोलासहित घुम्टी, टोपी, आधार चाकालगायतका सामग्री वितरण गरिएको सिद्धिचरण नगरपालिका कृषि शाखाका प्राबिधिक सहायक भीमबहादुर दर्जीले बताए।

किसानहरुलाई जीविकोपाजर्नमुखी बनाउनका लागि कृषि क्षेत्रमा काम गरिरहेको संस्था हेल्भेटास नेपालले जिल्लाका स्थानीय तहलाई निशर्त ४५ लाख आठ हजार अनुदान रकम सहयोग गरेको थियो। सोहीअन्तर्गत स्थानीय तहहरूले मौरीसहितको घार वितरण गरेका छन्। घारसहितको मौरी वितरणपछि परम्परागत मौरी पालन गरीरहेका किसानमा हौसला जागेको लिखु गाउँपालिका कृषि विकास शाखाका प्राविधिक सहायक सनशिला गरुङले बताइन।

पशु तथा कृषिमा नीति निर्माण र कार्यक्रमका लागि अनुदान आएको रकम चिसंखुगढी र मानेभञ्ज्याङ गाउँपालिकाले पशुपालन तथा तरकारी खेतीका खर्चेका छन भने खिजीदेम्वा र चम्पादेवीले अलैँची नर्सरी तथा बाख्रा पालन, फलफूल पकेट क्षेत्रका लागि खर्च गरेका छन्। त्यस्तै गरी मोलुङ र सुनकोशी गाउँपालिकाले पशुपालन तालिम तथा बैदेशिक रोजगरीबाट फर्केका युवा स्वरोजगारको कार्यक्रम संचालन गरीरहेका छन्। 

सिद्धिचरण नगरपालिका र लिखु गाउँपालिकाले मौरीको घार, गोलासहित घुम्टी, टोपी, आधार चाकालगायतका सामग्री खरीद गरी किसानलाई वितरण गरेका छन्। नगरपालिकाले नगरपालिकाको चारलाख १५ हजार रुपैयाँ खर्च गरेको छ भने लिखु गाउँपालिकाले तीन लाख ६० हजार मौरीघार तथा मौरी खरीद तथा ढुवानीकका लागि खर्च गरेको थियो। त्यस्तै गरी चम्पादेवी गाउँपालिकाले घारसहितको मौरी र आवस्यक सामग्रीका लागि ५ लाख खर्च गर्न लागेको कृषि प्रविधिक लीला गुरुङले जनाकारी दिइन्।

मौरीपालन व्यवसायलाई प्रबर्द्धन गर्ने हिसावले प्रति परिवार १ सेटका दरले किसानका मागका आधारमा मौरीसहितको घार उपलब्ध गराइएको स्थानीय तहको कृषि विकास शाखाहरूले जनाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.