|
फाइल फाेटाे

काठमाडौं :  प्रतिनिधिसभाका सांसद एवं पूर्वमन्त्री हृदयश त्रिपाठीले उखु किसानलाई तत्काल अनुदान सहायता उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।  सोमबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै सांसद त्रिपाठीले उखु उद्योगीहरुका कारण अर्बौको घाटा व्यहोर्न बाध्य उखु किसानहरुका लागि सरकारले ७० प्रतिशत र उखु उद्योगीहरुले ३० प्रतिशत अनुदान सहायता तत्काल उपलब्ध गराउनु पर्ने बताएका हुन्। 

उखु उद्योग बन्द भएका कारण सर्लाहीमा मात्रै करिब तीन अर्बको उखु खेतमै नष्ट हुने अवस्थामा रहँदा पनि सरकारले उनीहरुलाई राहत दिन उचित कदम चाल्न नसकेको सांसद त्रिपाठीको भनाई छ।

सांसद त्रिपाठीले उखु उद्योगीहरुले फेरि पनि चिनीको मूल्य वृद्धि गर्न खोजिरहेको उल्लेख गर्दै सचेत रहन पनि सरकारलाई आग्रह गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.