|

बाँके : एपीएफ क्लवका राजु राईले आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत जिम्न्यास्टिकमा ५ स्वर्ण पदक जितेका छन्।

सोमबार पुरुषतर्फ राजुले फ्लोर इभेन्ट्समा स्वर्ण जिते। यस स्पर्धामा एपीएफकै दिनेश सुनुवारले रजत र प्रदेश ३ का उज्ज्वल तिवारीले कास्य जिते। पोमेल हर्समा राजुले स्वर्ण जित्दा एपीएफकै रिकेश तामाङले रजत र प्रदेश ३ का त्रिवेद गिरीले कास्य जिते। राजुले पार्लर बारमा पनि स्वर्ण जिते। यस स्पर्धामा प्रदेश ३ का सत्यनारायण मानन्धर रजत र प्रदेश ७ का जितेन्द्र चौधरीले कास्य जिते। 

अलराउन्डरमा राजुले स्वर्ण जित्दा प्रदेश ३ का सत्यनारायण मानन्धरले रजत र एपीएफका बिष्णु बाटाले कास्य जिते। राजुले सातौं राष्ट्रिय खेलकुदमा ६ स्वर्ण जितेका थिए। भल्तिङको पुरुषमा प्रदेश ३ का उज्ज्वल तिवारीले स्वर्ण जित्दा एपीएफका राजुले रजत र प्रदेश ३ का त्रिवेद गिरीले कास्य जिते। महिला फ्लोरमा एपीएफकी पिंकी झाङले स्वर्ण, प्रदेश ३ की तारा शिवाकोटीले रजत र आर्मीकी बिदिशा न्यौपानेले कास्य जितिन्। भल्तिङको महिलामा पनि पिंकी झाङले स्वर्ण हात पारिन्।यस्तै प्रदेश ३ कि तारा शिवाकोटीले रजत र आर्मीकी बिदिशा न्यौपानेले कास्य जितिन्।

महिला अलराउन्डरमा प्रदेश ३ कि तारा शिवाकोटीले स्वर्ण, एपीएफकी लुमिला मानन्धरले रजत र प्रदेश ३ कि प्रकृति थापा मगरले कास्य जितिन्। टिम स्पर्धाको पुरुषमा एपीएफले स्वर्ण जित्दा, प्रदेश ३ ले रजत र प्रदेश ७ ले कास्य जित्यो। महिलातर्फ प्रदेश ३ ले स्वर्ण, एपीएफले रजत र प्रदेश ५ ले कास्य जितेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.