|

चर्चमा इस्टर मनाइरहेका क्रिष्टियन धर्मावलम्बीहरूलाई लक्षित गरेर भएका श्रृंखलाबद्ध बम हमलामा २९० को मृत्यु र ५०० भन्दा बढी घाइते भएपछि श्रीलंकाले देशमा शंकटकालको घोषणा गरेको छ।

आइतबार भएका बम विस्फोटमा स्वदेशी र विदेशीको मृत्यु भएको थियो ठूलो आतंक छाएको थियो।

राष्ट्रपति मैत्रिपाला सिरिसेनाको कार्यालयद्धारा सोमबार जारी वक्तव्यमा सोमबार रातिदेखि लागुहुनेगरी संकटकाल घोषणा गरिएको छ।

स्थितिलाई नियन्त्रणमा लिन संकटकालको घोषणा गरिएको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ।

राष्ट्रपति कार्यालयको सञ्चार विभागद्वारा जारी वक्तव्यमा नागरिकको सुरक्षा सुनिश्चितताका लागि संकटकाल घोषणा गरिएको उल्लेख छ।

राष्ट्रपति सिरिसेनाले अप्रिल २३ का दिन राष्ट्रिय शोक मनाउने घोषणा पनि गरेका छन।

बौद्धमार्गी बहुल श्रीलंकामा करिब छ प्रतिशत क्याथोलिक सम्प्रदायका मानिस छन्। गिर्जाघरमा बिस्फोट हुँदा इसाई धर्मावलम्बी इस्टर पर्वका अवसरमा आयोजित धार्मिक कार्यक्रममा सहभागी भइरहेका थिए।

राजधानी कोलम्बोमा रहेका तीन वटा पाँचतारे होटल र दुई वटा गिर्जाघर (चर्च)मा आइतबार भएका शृंखलाबद्ध बिस्फोटमा मृत्यु हुनेको संख्या सोमबार मध्यान्हसम्म २९० जना पुगेको प्रहरीले जनाएको छ।

घटनामा परी ५०० भन्दा बढी घाइते भएका छन् भने केहीको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको सङख्या बढ्न सक्ने बताइएको छ।

श्रीलंकाली सुरक्षा निकायहरूले घटनाका दोषीहरूको खोजी गर्न व्यापकरूपमा सुरक्षाकर्मी परिचालन गरेका छन्।

प्रहरीका अनुसार विस्फोटनमा संलग्न भएको आशंकामा अहिलेसम्म २४ जनालाई पक्राउ गरिएको छ।

स्वास्थ्यमन्त्री रजिथा सेनारत्नेले स्थानीय अतिवादी इस्लामिक समूह राष्ट्रिय तोव्हीड जमात यस विस्फोटनमा जिम्मेबार रहेको बताए।

उनले घटनाबारेमा अनुसन्धान भइरहेको र अन्तर्राष्ट्रिय समूहहरूको पनि संलग्नता रहेको हुनसक्ने आशंका व्यक्त गरेका थिए। 

घटनामा परी भारतीय, अमेरिकी, बेलायती, जापानी समेतका ३७ जना विदेशी नागरिक पनि रहेको श्रीलंकाको विदेश मन्त्रालयले जनाएको छ।

राजधानी कोलम्बोको सेन्ट एन्थोनी चर्च र राजधानी नजिकको नेगोम्बोस्थित सेन्ट सेबास्टियन चर्चमा बिस्फोट गराइएका थिए। यस्तै राजधानीका पाँचतारे होटल सांग्रिला, सिनमन ग्रान्ड र किंसबरीमा पनि बिस्फोट भएका थिए।

सुरक्षाकर्मीहरूले राजधानी स्थीत बसपार्कबाट सोमबार साना ठूला गरी ८७ ओटा विस्फोटक पदार्थ फेला परेको जनाएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.