खेलकुद

उसुमा आर्मीलाई पाँच स्वर्ण
SHARES

बैशाख ९, २०७६

    बाँके : आठौँ राष्ट्रिय प्रतियोगिताअन्तर्गत १४ औँ राष्ट्रिय उसु प्रतियोगितामा त्रिभुवन आर्मी क्लवको अग्रता जारी छ। आर्मीले ६ स्पर्धामा पाँच स्वर्ण जितेको छ।
    उसुको थाउलोतर्फ आर्मीकाद्वय १२ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्णधारी निमा घर्ती मगर र मिना ग्लानले स्वर्ण जितेका छन्।

    महिला छाङ छ्वानमा आर्मीकी सुस्मिता तामाङले स्वर्ण जितिन्। सोही स्पर्धामा प्रदेश १ की पम्फा राईले रजत हात पार्दा एपीएफ क्वलकी अस्मिता श्रेष्ठले कास्य जितिन्। पुरुष छाङ छ्वानमा आर्मीका विजय सिंजालीले स्वर्ण जिते। सोही स्पर्धामा प्रदेश ३ का रविन तामाङले रजत र एपीएफका कृजो आलेमगरले कास्य हात पारे। त्यस्तै पुरुष थायची छ्वान÷थायची चेन स्पर्धामा पनि आर्मीका हरिप्रसाद गोलेले स्वर्ण पदक हात पारे। उनले प्रदेश ३ का पासाङ शेर्पालाई पराजित गरे। शेर्पाले रजत जित्दा सुदूरपश्चिम प्रदेशका जनक बुढाले कास्यमा चित्त बुझाए। 

    महिला थायची छ्वान÷थायची चेन स्पर्धामा आर्मीले स्वर्ण हात पारेको छ। उक्त स्पर्धामा आर्मीका मिना ग्लानले स्वर्ण जित्दा आर्मीकै सविता राईले रजत र सुदूरपश्चिम प्रदेशकी सम्झना चौधरीले कास्य पदक हात पारिन्। पुरुष नान छ्वान÷नान कुन स्पर्धामा एपीएफ क्वलका यूवराज थापालाई पराजित गरी कर्णाली प्रदेशका दिपक हमालले स्वर्ण जित्न सफल भए। भने एपीएफकै कास्य सन्नी श्रेष्ठले कास्य जिते। 

    महिला नान छ्वान÷नान ताव स्पर्धामा आर्मीकी निमा घर्तीमगरले प्रदेश ३ की अन्जिता स्याङताङलाई पछि पार्दै स्वर्ण जितिन्। सो अस्पर्धामा कर्णाली प्रदेशकी सरु सोतीले कास्य पदकमा सीमित भइन्। 
     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]