|

बाँके : आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत नेपालगञ्जमा जारी पौडी खेलमा त्रिभुवन आर्मी क्लबले हालसम्म ९ स्वर्ण जितेको छ।

सोमबार भएका आठ खेलमा पाँच स्वर्ण जित्दै आर्मी अग्रपंक्तिमा छ। सोमबार भएको खेलमा नेपाल पुलिस, एपीएफ क्लव र एनआरएनले एक–एक स्वर्ण प्राप्त गरे। आर्मीकी गौरिका सिंहले दुई स्वर्ण जितिन्। उनले हालसम्म चार स्वर्ण जितेकी छिन्। 

सोमबार भएको चार सय मिटर महिला फ्रिस्टाइल र एक सय मिटर फ्रिस्टाइल विधामा दुई स्वर्ण जितिन्। उनले सेकेण्डमा चार सय मिटर फ्रिस्टाइल ४.४४ सेकेण्डमा र एक सय मिटर फ्रिस्टाइल ५९.६० पलमा निर्धारित दूरी पार गरी स्वर्ण जितिन्।

त्यस्तै, ५० मिटर बटरफ्लाई पुरुष पौडीमा नेपाल पुलिसका सायद हम्जा शाहले २७ सेकेण्डमा दूरी पार गरी राष्ट्रिय रेकर्ड तोड्दै स्वर्ण जिते। उनले आफ्नै नाममा रहेको २७.१० सेकेण्डको राष्ट्रिय रेकर्ड तोडेका हुन्। उक्त विधामा २७.२२ सेकेण्डमा दूरी पार गरी आर्मीका अनुभव सुब्बाले रजत र एपीएफका तेन्जिङ नामडोल र्‍यान गुरुङले कास्य पदक हात पारे। 

त्यस्तै, ५० मिटर बटरफ्लाई महिला पौडी तर्फ स्वर्ण जितेकी आर्मीकी सोफिया शाहले ३३.५० सेकेण्डमा दूरी पार गरिन्। भने, नेपाल पुलिसका अनुसिया तुलाधरले ३४.७५ सेकेण्डमा दूरी पार गर्दै रजत र एपीएफकी श्रीवी महर्जन ३६.६२ सेकेण्ड दूरी पार गर्दै कास्य पदकमा चित्त बुझाइन्। 

सोमबार नै भएको दुई सय मिटर ब्रेष्टस्ट्रोक महिलातर्फको खेलमा २.३१ मिनेटमा दूरी पार गर्दै एपीएफका शुभम् श्रेष्ठले स्वर्ण जित्दा नेपाल पुलिसका दिपांकर अवालेले २.३७ मिनेटमा दूरी पार गरि रजत र प्रदेश १ का विकास कुमालले २.३९ मिनेटमा दूरी पार गरि कास्य जिते। 

त्यसैगरी, दुई सय मिटर ब्रेकस्ट्रोक महिलातर्फ आर्मीका दुवाना लामाले २.५५ मिनेटमा दूरी पार गर्दै स्वर्ण, ३ मिनेटमा दूरी पार गरेकी आर्मीकै उपास्ती महर्जन रजत र नेपाल पुलिसकी अदिप्सा वैद्यले ३.३ मिनेटमा दूरी पार गरी कास्य जिते। 

त्यसैगरी पुरुष एक सय मिटर फ्रिस्टाइलमा आर्मीका एलेक्स शाहले ५५.६३ सेकेण्डमा दूरी पार गर्दै स्वर्ण जिते। भने, सोही स्पर्धामा नेपाल पुलिसका सायद हम्जा शाहले ५५.९४ सेकेण्डमा दूरी पार गरी रजत र आर्मीका अनुभव सुब्बाले ५७.३० सेकेण्डमा दूरी पार गरि कास्य पदक हात पारे। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.