|

मुगु : हिमाली जिल्ला मुगुमा शैक्षिक सत्र सुरु भएको एक साताभन्दा बढी हुँदा समेत विद्यार्थीले पाठ्यपुस्तक पाएका छैनन्।  

शैक्षिक सत्र सुरु नहुँदै सबै जिल्लामा पाठ्यपुस्तक पु¥याउने भनिए पनि पाठ्यपुस्तक पुगेको छैन। मुगुका चार वटा स्थानीय तहमध्ये खत्याड गाउँपालिकाबाहेक अन्य तहमा पाठ्य पुस्तक पुगेको छैन। खत्याड गाउँपालिकामा रहेका ४१ विद्यालयका ३ हजार ९९० जना विद्यार्थीले नयाँ पाठ्यपुस्तक पाएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ।

यता छायानाथ रारा नगरपालिकाका पाँच हजार १२९, सोरु गाउँपालिकाका रहेकका चार हजार ५८० र मुगुम कार्मारोङ गाउँपालिकाका ९७१ जना विद्यार्थीले पाठ्यपुस्तक पाएका छैनन्। केही विद्यालयले पुराना पाठ्यपुस्तक प्रयोग गर्ने भएकाले यो शैक्षिक सत्रमा १६ हजार सेट पुस्तक आवश्यक पर्ने इकाइले जनाएको छ।

मुगुका लागि त्रिशक्ति स्टेशनरी, जयलक्ष्मी पुस्तक पसल र केबी स्टेशनरीले पाठ्यपुस्तक वितरणको जिम्मेवारी पाएको छ। उक्त पुस्तक पसलले पुस्तक नउठाउँदा समयमै पुस्तक पुग्न नसकेको जिल्ला शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख सूर्यबहादुर खत्रीले बताए। पुस्तक विक्रेता जनक शिक्षा सामग्री सुर्खेतको सम्पर्कमा पुगेका र उनीहरुलाई छिटो पुस्तक ल्याउन ताकेता गरिएको प्रमुख खत्रीले बताए।

यता कर्मचारी समायोजनले स्थानीय तहका कर्मचारी फेरबदल भइरहँदा समयमै बजेट निकासा नहुँदा पुस्तक ल्याउन ढिलाइ भएको त्रिशक्ति स्टेशनरीका सञ्चालक नृपेन्द्रबहादुर मल्लले बताए। उनले एक साताभित्र पुस्तक विद्यालयमा पु¥याउने प्रतिवद्धता व्यक्त गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.