|

अमेरिका : अमेरिकाको भर्जिनिया राज्यको हर्नडन सहरले प्रत्येक अप्रिल महिनाको तेस्रो साता ‘नेप्लिज अमेरिकन हेरिटेज डे’ मनाउने निर्णय गरेको छ। सन् २०१८ को चुनावमा हर्नडन सहरको परिषद सदस्यमा निर्वाचित नेपाली मुलका प्रदीप ढकालको पहलमा उक्त निर्णय भएको हो।

भर्जिनिया राज्यमा सरकारी स्तरमा नेप्लिज अमेरिकन हेरिटेज डेको घोषणा भएको यो पहिलो हो। बाक्लो जनसंख्या रहेको उत्तर भर्जिनियास्थित हर्नडन सहरको उक्त निर्णयले नेपालबारे थप जानकारी दिन सहज भएको यहाँस्थित नेपालीहरु बताउँछन्। निर्णयको स्वागतका लागि यहाँ रहेको आदर्श नेपाली समाज र गैरआवसीय नेपाली संघ भर्जिनिया शाखाले अप्रिल २० मा हर्नडन सहरको हर्नडन निम्न माध्यमिक विद्यालयमा गरिएको कार्यक्रम आयोजना गर्‍यो। उक्त कार्यक्रममा नेपाललाई चिनाउन विशेष योगदान पुर्‍याए बापत नेपालका लागि पूर्वअमेरिकी राजदूत स्कट डेलेसी, वरिष्ठ लोक गायक प्रेमराजा महतलाई सम्मान गरिएको थियो। 

कार्यक्रममा नेपाली संस्कृति झल्काउने विविध झॉकी, लाखेनाच, भेषभूषाको प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रमहरूको भएको थियो। आदर्श नेपाली समाजद्वारा सञ्चालित नेपाली स्कुलका बालबालिकाले नेपाल र अमेरिकको राष्ट्रिय गान आउनुका साथै नेपाली पहिरनका साथ मार्चपास पनि गरेका थिए।

कार्यक्रममा भर्जिनियाका डेलिगेट इब्राहिम शमिराह, फेयरफ्याक्स काउनटीका सुपरभाइजर, हर्नडनका नगर उपप्रमुख, काउन्सिल सदस्यहरू, हर्नडनका नगरका वर्तमान र पूर्वपदाधिकारीहरु, अमेरिकन मूलधारको  राजनीतिमा प्रवेश गरी मेरिल्याण्ड राज्यको डेलिगेट निर्वाचित भएका  ह्यारी भण्डारी, भर्जिनियाकै हे मार्केट सहरका नगर परिषद सदस्य मधु पन्थी, नेपाली समुदायका विभिन्न संघसंस्थाका प्रतिनिधि तथा स्थानीय जन समुदायको उपस्थिति रहेको थियो।

सो अवसरमा  हर्नडन सहरले गरेको ‘नेप्लिज अमेरिकन हेरिटेज डे’को घोषणा पत्रलाई काउन्सिल सदस्य प्रदीप ढकाल वाचन गरेका थिए। नगरबाट प्राप्त घोषणा पत्र आदर्श नेपाली समाजका अध्यक्ष अर्जुन सिग्देल एवं एनआरएनए भर्जिनिया शाखाका सभापति गोविन्द सुवेदीलाई हस्तान्तरण गरिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.