|

काठमाडौ‌ं : प्रदेश ५ मा जारी आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सकिन एक दिन बाँकी छँदा अङ्क तालिकामा विभागीय टोली त्रिभुवन आर्मी क्लबको अग्रता कायमै रहेको छ। म‌ंगलबार १५ औं दिनको खेल जारी रहँदा प्रतियोगितामा २०७ स्वर्णसहित कुल ७१४ पदकको टुङ्गो लागिसकेको छ। अहिलेसम्म विभागीय टोली त्रिभुवन आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको एपिएफले आफ्नो वर्चश्व कायम गरेका छन्।

पदक तालिकामा विभागीय टोली त्रिभुवन आर्मी क्लबले एकछत्र राज गरिरहेको छ। सर्वाधिक पदक जितेको आर्मीले ८७ स्वर्ण, ५५ रजत र ४४ कास्य पदकसहित कुल १८६ पदक जितिसकेको छ। दोस्रो स्थानको सशस्त्र प्रहरीको एपिएफ क्लबले ३५ स्वर्ण, ३६ रजत र ४४ कास्यसहित कुल ११५ पदक जितेको छ।

तेस्रो स्थानमा रहेको नेपाल पुलिस क्लबले ३३ स्वर्ण, ३३ रजत र ३२ कास्य पदकसहित कुल ९८ पदक जितेको छ। चौथो स्थानको प्रदेश ३ ले १६ स्वर्ण, २४ रजत र ३९  कास्य पदक गरी ७९ पदक हात पारेको छ। पाँचौमा रहेको प्रदेश ५ ले सात स्वर्ण, १७ रजत र ३३ कास्यसहित ५७ पदक जित्दा छैटौँमा रहेको सुदूरपश्चिम प्रदेशले सात स्वर्ण, पाँच रजत र १९ कास्यसहित ३१ पदक जितेको छ।

सातौँ स्थानको गण्डकी प्रदेशले छ स्वर्ण, ११ रजत र २९ कास्यसहित ४६ पदक जितेको छ भने आठौँ स्थानको प्रदेश २ ले छ स्वर्ण, सात रजत र १४ कास्यसहित २७ पदक जितेको छ। नवौँ स्थानको प्रदेश १ ले चार स्वर्ण, १६ रजत र ३७ कास्यसहित ५७ पदक जित्दा दशौँ स्थानको गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए०ले चार स्वर्ण र चार कास्यसहित आठ र  कर्णाली प्रदेशले दुई स्वर्ण, दुई रजत र छ कास्यसहित १० पदक जितेको छ।

प्रतियोगितामा ३७२ स्वर्ण, ३७२ रजत र ५६३ कास्य पदकका लागि पाँच जहार २११ खेलाडी प्रतिष्पर्धामा सहभागी रहेका छन्। प्रत्येक दुई÷दुई वर्षको अन्तराल गर्ने लक्ष्यसहित २०३८ सालमा शुरु भएको राष्ट्रिय खेलकुदको शुरुका तीन संस्करण बाहेक कुनैपनि राष्ट्रिय खेलकुद दुई वर्षको अवधिमा हुन सकेको छैन।
     
वैशाख ५ गते औपचारिक उद्घाटन भएको प्रतियोगिताका खेलहरू भने चैत २७ गतेदेखि नै सुरु भएका थिए। प्रतियोगिताका खेलहरू बाँकेमा १७, दाङमा सात, रुपन्देहीमा चार, बर्दियामा चार, ललितपुर, कास्की, कपिलवस्तु र काठमाडौँमा एक÷एक खेलहरू आयोजना भएका छन्।

बाँकेमा पुरुष फुटबल, बक्सिङ, भलिबल, टेबलटेनिस, उसु, जुडो, ह्याडबल, कराँते, हक्की, सुटिङ, जिम्न्याष्टिक, साइकिलिङ, आर्चरी, फेन्सिङ, पौडी, ट्रायथलन र पुरुष क्रिकेटका खेल जारी छ भने दाङमा महिला फुटबल, एथ्लेटिक्स, कराँते, ब्याटमिन्टन, बास्केटबल, आइटिएफ तेक्वान्दो र महिला क्रिकेटका खेल भइरहेका छन्।

त्यस्तै रुपन्देहीमा शारीरिक सुगठन, सफ्ट टेनिस, लनटेनिस, तेक्वान्दोका खेल आयोजना भएका छन्।  बर्दियामा कबड्डी, बुद्धिचाल, खोखो, सेपाकताक्रो, ललितपुरमा स्क्वास, कास्कीमा प्याराग्लाइडिङ, कपिलवस्तुमा कुस्ती र काठमाडौँमा गल्फ प्रतियोगिता जारी छ।

प्रतियोगितामा प्रदेश १, प्रदेश २, प्रदेश ३, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र गैरआवासीय नेपाली सङ्घले सहभागिता जनाएका छन्।

प्रतियोगितामा फुटबल, एथलेटिक्स,  बक्सिङ,  भारोत्तोलन, टेबल टेनिस,  क्रिकेट,  लन टेनिस, पौडी, सुटिङ, भलिबल, स्क्वास, तेक्वान्दो, जुडो, आर्चरी, कबड्डी, खो खो, उसु,  बास्केटबल, ब्याडमिन्टन, साइक्लिङ, कराते, कुस्ती, फेन्सिङ,  ट्रायथलन, प्याराग्लाइडिङ,  गल्फ,  ह्याण्डवल, बुद्धिचाल, सफ्टटेनिस, आइ।टिएफ तेक्वान्दो, सेपाकताक्रो, जिम्न्याष्टिक, शारीरिक सुगठन, फुलकन्ट्याक्ट कराते र हक्की खेल सहभागी गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.